शनिबार, कात्तिक २९, २०८२

युरोपा लिगमा युनाइटेड, आर्सनल र रोमाको जित

स्पेनिस क्लब रियल सोसिडाडको मैदानमा गएराति सम्पन्न खेलमा युनाइटेडले घरेलु टिमलाई १–० ले हराएको हो।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १८, २०७९

काठमाडौं- युइएफए युराप लिगअन्तर्गत बिहीबार रातिको खेलमा म्यानचेस्टर युनाइटेड, आर्सनल र रोमाले जित निकालेका छन्।

National life

स्पेनिस क्लब रियल सोसिडाडको मैदानमा गएराति सम्पन्न खेलमा युनाइटेडले घरेलु टिमलाई १–० ले हराएको हो। खेलको १७औं मिनेटमै अलेजेन्द्रो गर्नाचोले अग्रता बनाएका थिए। सोहि अग्रता जोगाउँदै युनाइटेडले जित निकालेको हो।

समूह 'इ' मा रहेको युनाइटेड यो जितका बाबजुद उपविजेता भएर अर्को चरणमा प्रवेश गरेको छ। समान १५ अंक भएको सोसिडाड भने शीर्षस्थानमा छ।

समूह 'ए' को खेलमा भने आर्सनलले घरेलु मैदानमा एफसी जुरिचलाई १–० ले नै हराएको हो। किइरन टियर्नीले १७औं मिनेटमा बनाएको अग्रता जोगाउँदै आर्सनले जित निकालेको हो।

यो जितसँगै १५ अंक बनाएको आर्सनले तालिकाको शीर्षस्थानमा रहँदै अर्को चरणमा प्रवेश गरेको हो। यता गएराति जिलिम्टलाई हराएको पिएसभी दोस्रो स्थानमा रहेर अर्को चरणमा प्रवेश गरेको छ।

Laxmi sunrise bank
kumari

समूह 'सी' अन्तर्गतको खेलमा भने रोमाले लुडोगोरेट्सलाई ३–१ ले हराएको छ। पहिलो हाफमै एक गोलले पछि परेको अवस्थाबाट रोमालाई पेनाल्टीमा गोल दिलाउँदै लोरेन्जो पेलेग्रेनीले ५६औं मिनेटमा बराबरीसम्म पुर्याएका थिए।

६५औं मिनेटमा रोमाले दोस्रो पेनाल्टी पाएपछि उनले दोस्रो गोल गरेर अग्रता आफ्नो हातमा लिए। खेलको ८५औं मिनेटमा रोमाका लागि तेस्रो गोल भने निकाले जानियओलोले गरेका थिए।

यो जितका बाबजुद १० अंक बनाएको रोमा समूहमा उपविजेता हुँदै अर्को चरणमा प्रवेश गरेको छ। तालिकाको शीर्षस्थानमा भने रियल बेटिस छ।

प्रकाशित: Nov 04, 2022| 08:52 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।