आइतबार, असार ७, २०८३

चुनावमा प्रयोग गर्न भारतले सहयोग गर्‍यो ८० गाडी

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरेका हुन्।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनका लागि भारत सरकारले ८० वटा सवारीसाधन प्रदान गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरेका हुन्। 

National life

सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सहयोगका लागि भारत सरकार तथा राजदूत श्रीवास्तवलाई धन्यवाद ज्ञापन गरे। नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उनले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, द्विपक्षीय सहयोग र सहकार्यमा आधारित भएको बताएका थिए।

समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले सवारी साधन सहयोग गरेको बताए। नेपालको छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको उल्लेख गर्दै उनले भारत सरकारले दिएको सहयोगले आयोगलाई निर्वाचन सम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले भारत सरकारबाट प्राप्त सहयोगले निर्वाचनको व्यवस्थापनमा सहयोग पुग्ने बताएका थिए। समारोहमा निर्वाचन आयोगका आयुक्तहरू रामप्रसाद भण्डारी, माननीय डा. जानकी कुमारी तुलाधर, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीसमेत उपस्थित थिए।

प्रकाशित: Nov 03, 2022| 20:55 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...