शुक्रबार, साउन १, २०८३

पटना-जनकपुर, बोधगया-काठमाडौं बससेवा शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- लामो प्रतिक्षापछि जनकपुर-पटना बससेवा मंगलबारबाट शुरु भएको छ । विहारका मुख्यमन्त्री नितिश कुमारले पटनामा हरियो झण्डा देखाएर पटना-जनकपुर बससेवाको शुभारंभ गरेका हुन् । त्यसैगरी मंगलबारनै विहारको बोधगया र काठमाडौं बससेवा पनि शुरु भएको छ ।

जनकपुर-पटना बससेवा शुरु हुँदा जनकपुरबाट पटना पुग्न यहाँका यात्रीहरुलाई सहज हुने भएको छ । यसअघि पटना पुग्न यस भेगका यात्रुहरुलाई सीमा कटेर बस समात्नुपर्ने बाध्यता थियो ।

विहारका मुख्यमन्त्री नितिशले मंगलबार पटनाबाट बससेवाको आरंभ गरेपनि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ३१ भाद्रमा जनकपुरबाट बससेवाको उदघाट्न गर्ने कार्यक्रम रहेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा सार्क सम्मेलनमा सहभागी हुन काठमाडौं आएको बेला जनकपुर-पटना र काठमाण्डौं-बोधगया बससेवा सञ्चालन गर्ने घोषणा गरेका थिए । मोदीले घोषणा गरेको ४ वर्षपछि बससेवा शुरु भएको हो ।

जनकपुर-पटना र काठमाडौं-बोधगयाको लागि दैनिक चारवटा बस सञ्चालन गरिने बताइएको छ । भारत नेपाल बससेवा नाम दिइएको दुई मुलुकबीच भारतर्फबाट विहार सरकारको विहार राज्य पथ परिवहन विभाग र नेपालको स्वयंभु मञ्जुश्री प्रालिले बस उपलब्ध गराएको जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले बताए ।

जनकपुरबाट छुट्ने बस भिठ्ठामोड, सीतामढी, मुजफ्फर हुँदै पटना पुग्ने छ भने काठमाडौंबाट छुट्ने बस बीरगंज, रक्सौल, मोतिहारी, मुजफ्फरपुर हुँदै पटना पुग्ने छ ।
जनकपुर-पटनाको भाडा भारतीय २७५, बोधगया-काठमाडौंको भाडा १ हजार २ सय ५० र काठमाडौं-पटनाको भाडा १ हजार १५ रुपैयाँ भारु तय गरिएको बताइएको छ ।

जनकपुरबाट बिहान ७ र ९ बजे तथा राति ८ बजे र पटनाबाट अपरान्ह ३ बजे, बिहान ४ बजे तथा राति ९ बजे बस छुट्ने बताइएको छ । यसैगरी बोधगायाबाट काठमाडौंको लागि बिहान १० बजे र काठमाण्डौंबाट बेलुका ८ बजे बोधगयाको लागि बस छुट्ने बताइएको छ ।

अहिले शुरु गरिएको बससेवाले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले जनकपुरबाट उदघाट्न गरेका जनकपुर-अयोध्या बससेवा सञ्चालन हुन सकेको छैन् । दुई देशका प्रधानमन्त्रीले उदघाट्न गरेका बससेवा सञ्चालन हुन नसकेपछि अहिले शुरु गरिएको बससेवा पनि बन्द हुने हो कि भन्दै सर्वसाधारणमा शंका उब्जिएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।