शनिबार, कात्तिक २९, २०८२

केसी परिवारद्वारा सहारा फुटबल एकेडेमीलाई १५ लाख सहयोग

केसीको दोस्रो पुण्यतिथिको अवसरमा स्व केसीकी धर्मपत्नी प्रेमकुमारी केसीले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन्।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

पोखरा- पोखराका उद्योगी एवं राजनीतिज्ञ स्व सूर्यबहादुर केसीको परिवारले सहारा क्लब पोखराले सञ्चालन गरेको फुटबल एकेडेमीलाई १५ लाख सहयोग गरेका छन्। केसीको दोस्रो पुण्यतिथिको अवसरमा स्व केसीकी धर्मपत्नी प्रेमकुमारी केसीले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन्।

National life

कार्यक्रममा केसीका छोरा तथा युवा उद्योगी प्रकाश केसीले सहारासँगको बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकाले परिवार एकेडेमीको सञ्चालनमा जोडिएको बताए। गत वर्ष केसी परिवारले क्लबले सञ्चालन गर्दै आइरहेको एकेडेमीको जिम्मेवारी लिँदै वार्षिक रु १५ लाख १० वर्षसम्म प्रदान गर्ने सम्झौता गरेको थियो।

कार्यक्रममा स्व जुमबहादुर गुरुङको स्मृतिमा उनको परिवारले एकेडेमीलाई रु ५० हजारको अक्षय कोष सञ्चालन गर्ने गरी रकम हस्तान्तरण गरेको छ। सहारा एकेडेमीमा १४ जना कठिन परिस्थितिका बालक आश्रित छन्।

हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउको नाममा केसी परिवारले सहारा क्लबले आयोजना गर्ने आहा–रारा गोल्डकप प्रतियोगिताको मुख्य प्रायोजन गर्दै आइरहेको छ। सहारा क्लबले आफैँले जग्गा खरिद गरेर पोखरा–१७ दोविल्लामा एकेडेमी सञ्चालन गर्दै फुटबल खेलको विकास गदैै आएको छ।

प्रकाशित: Nov 03, 2022| 20:00 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।