मंगलबार, फागुन १९, २०८२

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार

खानको खुट्टामा गोली लागेको खानको दल पाकिस्तान तहरीक-ए-इन्साफका महासचिव असद उमरले जानकारी दिएका छन्। खानलाई उपचारका लागि लाहोर पठाइएको छ।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

लाहोर- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। गुजरावालाको अल्लाहवाला चोकनजिकै उनीमाथि गोली प्रहार भएको हो। 

र्‍यालीमा सहभागी भएका बेला खान सवार कन्टेनरमाथि थिए। उनी रहेको कन्टेनरलाई निशाना बनाएर ३ राउन्ड गोली प्रहार भएको थियो। खानको खुट्टामा गोली लागेको खानको दल पाकिस्तान तहरीक-ए-इन्साफका महासचिव असद उमरले जानकारी दिएका छन्। खानलाई उपचारका लागि लाहोर पठाइएको छ।

घटनामा घाइते हुनेमा पाकिस्तान तहरीक-ए-इन्साफका नेता फैसल जावेद पनि छन्। गोली हानेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

राष्ट्रपति डा अरिफ अल्वीले खानको अवस्था खतरामुक्त भएको जानकारी दिएका छन्। उनले आक्रणको निन्दा गर्दै खानलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। 

प्रकाशित: Nov 03, 2022| 18:25 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।