आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • कला/साहित्य
  • महिनाव्यापी सांगीतिक यात्रा थाल्नुअघि नेपथ्यका गुरुङले भने- कोही पनि भोकैनाङ्गै हुन नपरोस्

महिनाव्यापी सांगीतिक यात्रा थाल्नुअघि नेपथ्यका गुरुङले भने- कोही पनि भोकैनाङ्गै हुन नपरोस्

मानवसेवा आश्रमले नेपथ्य ब्यान्डसँगको सहकार्यमा आगामी मंसिर १६ देखि मुलुकका प्रमुख १० सहरमा शुरु गर्न लागेको छ।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङले मानव सेवा आश्रमलाई सहयोग जुटाउन १० सहरमा सांगीतिक प्रस्तुति दिने भएका छन्। कार्यक्रम थाल्नुअघि मानव सेवा आश्रमको रानीवन शाखा भ्रमण गरी उनले कसैले पनि भोकैनांगै हुन नपरोस् भन्ने उद्देश्यले आश्रमले काम गरिरहेको र त्यसका लागि आफू सेतु बन्न तयार रहेको बताए। 

National life

भोकै र नाङ्गै बस्नुपर्ने अवस्थाको अन्त्य हुन जरुरी रहेको बताएका उनले मानवीय सेवामा समर्पित मानवसेवा आश्रमले नेपथ्य ब्यान्डसँगको सहकार्यमा आगामी मंसिर १६ देखि मुलुकका प्रमुख १० सहरमा शुरु गर्न लागेको छ।

'हामी एउटै अनुरोध गर्न सकौँ कि कुनै पनि मान्छे भोकै सुत्न नपरोस्, कुनै पनि मान्छे नाङ्गै हिँड्न नपरोस्,' उनले भने। मानवसेवा आश्रममा संरक्षित बेसहाराहरुको भोजन सेवामा सरिक हुँदै उनले आफू त्यसका लागि निमित्त वा सेतु भएको बताएका थिए। 

'काठमाडौँ उपत्यकामा ३५/४० लाख मान्छे बस्छन् होला तर ३५ जना मान्छे यो किसिमको भावना र सेवाका निम्ति आउन गाह्रो पर्ने ठाउँ हो, आश्रमले जुन तरिकाले काम गरिरहेको छ यहाँहरुलाई नमन छ, यहाँहरुको उद्देश्यलाई हामी होस्टेमा हैंसे गर्दै जाने प्रयास गर्नेछौँ', गायक गुरुङले थपे।

समारोहमा मंसिर १६ देखि पुस १६ सम्म मुलुकका १० सहरमा हुने कन्सर्टको संयोजन गर्ने नेपालयका कार्यक्रम संयोजक अर्पण शर्माले मानवसेवा आश्रमको अभियानमा आफ्नो साथ सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गरे। 

Shivam cement

आश्रमका प्रमुख संरक्षक संस्कृतिविद् डा गोविन्द टन्डनले गायक गुरुङसँगको सहकार्यले मानवसेवाको यात्राले अझै उचाइ लिने विश्वास व्यक्त गरे। 

मानवसेवा आश्रमको निर्माणाधीन भवनहरु सम्पन्न गर्न र आश्रमको सेवालाई चुस्त बनाउने उद्देश्यले स्थापना गर्न लागिएको अक्षयकोषका लागि आश्रमले नेपथ्य लाइभ कन्सर्ट आयोजना गर्न लागेको हो।

नेपथ्य लाइभ कन्सर्ट विराटनगरमा मङ्सिर १६ गतेबाट शुरु भई काठमाडौँमा पुस १६ गते समापन हुनेछ। मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुल चौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा कार्यक्रम गरिने आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्र र अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ।

प्रकाशित: Nov 03, 2022| 18:18 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।