काठमाडौं- मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य चयन गर्न मतदानको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले काठमाडौंका १० वटै क्षेत्रमा उम्मेदवार उठाएका दल, मतदाता, उम्मेदवारहरूको समावेशी विवरणलगायत सार्वजनिक गरेको हो।
काठमाडौं १ मा ४५ हजार १८ मतदाता र ३२ उम्मेदवार छन्। काठमाडौं २ मा ८१ हजार ९७० मतदाता र ३० उम्मेदवार छन्। काठमाडौं ३ मा २३ उम्मेदवार छन् भने ५८ हजार ८८९ मतदाता छन्। काठमाडौं ४ मा ३१ उम्मेदवार हुँदा ६९ हजार ७५२ मतदाता छन्।
काठमाडौं ५ मा ७० हजार ९१९ मतदाता र २९ उम्मेदवार छन्। यहाँ १४ जना स्वतन्त्र उम्मेदवार छन्। काठमाडौं ६ मा ६२ हजार १०२ मतदाता हुँदा २४ उम्मेदवार कायम भएका छन्।
काठमाडौं ७ मा ६१ हजार २९१ मतदाता र २९ उम्मेदवार छन्। काठमाडौं ८ मा ५३ हजार १०६ मतदाता र १९ उम्मेदवार छन्। यहाँ ३ जना स्वतन्त्र छन्। काठमाडौं ९ मा ७२ हजार १७३ मतदाता र २२ उम्मेदवार छन्। काठमाडौं १० का ७६ हजार ९०६ मतदाताले १८ उम्मेदवार रोज्न पाउँछन्।
हेर्नुहोस् विस्तृत विवरण (इन्फोग्राफमा)