मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पुलिस प्रधानमन्त्री कपको सेमिफाइनलमा, पहिलो खेलमै मधेश विजयी

पुलिस प्रधानमन्त्री कपको सेमिफाइनलमा, पहिलो खेलमै मधेश विजयी

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै पुलिस सेमिफाइनलमा पुगेको छ।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं– काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै पुलिस सेमिफाइनलमा पुगेको छ। उसले तीन खेलबाट छ अंक बनाएर अर्को चरणमा स्थान बनाएको हो। आजको खेलमा पुलिससँग हार बेहोरेको बागमति प्रदेश भने एक दिन अघि दोस्रो हार बेहोरेसँगै समूह चरणबाटै बाहिरिसकेको थियो।

अब समूह बी बाट लुम्बिनी प्रदेश र प्रदेश १ को अर्को चरणमा सम्भावना छ। त्रिवी क्रिकेट मैदानमा आज टस हारेर पहिले बलिङ गरेको पुलिसले लुम्बिनी प्रदेशबाट १८९ रनको लक्ष्य पाएको थियो। ज्वाफमा उसले ३७ ओभर एक बलमै चार विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।

प्लेयर अफ दि म्याचसमेत रहेका पुलिस दिपेन्द्र सिंह ऐरीले ६६ बलमा ४३ रन बनाए भने लुम्बिनीको पारीमा १० ओभर बलिङ गर्दै चार विकेट गिराएका थिए। पुलिसका सुनिल धमालाले ३६ र कुशल भुर्तेलले ३२ रन बनाए। आरिफ शेखले पनि ३५ रनको योगदान दिए।

लुम्बिनीका अनिल खरेलले दुई विकेट गिराए।

पहिलो पारीमा देव खनालले सर्वाधिक ७४ रन बनाएका थिए।त्यस्तै, मुलपानी मैदानमा भएको खेलमा मधेशले पहिलो जित निकाल्ने क्रममा प्रदेश १ लाई ७२ रनले हराएको छ। टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ११ बल बाँकी रहँदै सम्पूर्ण विकेट गुमाएर २१४ रन बनाएको थियो। जवाफमा प्रदेश १ ले ४३ ओभर एक बलमा सबै विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो।

kumari

मधेशका लागि अनिल शाहले सर्वाधिक ६१ रन बनाए। पहिलो पारीमा प्रदेश १ का फिरोद अन्सारीले पाँच विकेट लिए भने सिद्धान्त लोहनीले पनि तीन विकेट लिए। जवाफी ब्याटिङमा प्रदेश १ का लव कामले २९ रन विवेक आनन्द मेहताले २५ रन बनाएका थिए। प्रदेश १ लाई अलआउट गराउने क्रममा मोहम्मद आदिल आलम, रुपेश सिंह, प्रदिप पासवान र विकाल सुस्लिङले समान २–२ विकेट गिराएका थिए।

यो जितसँगै मधेशले पहिलो खेलबाटै दुई अंक बनाएको छ भने तीन खेल खेलेको प्रदेश १ को पनि एक अंक नै छ। समूह ए को शीर्षस्थानमा एपीएफ छ।

प्रकाशित: Nov 03, 2022| 16:41 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।