शनिबार, वैशाख ६, २०८२

सागर ढकाल भन्छन् – कांग्रेस बलियो बनाउन मैले चुनाव जित्नुपर्छ

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘काउन्टर’ दिन डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले कांग्रेसलाई बलियो बनाउन आफूले जित्नुपर्ने बताएका छन्।
 |  बिहीबार, कात्तिक १७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

vianetvianet

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘काउन्टर’ दिन डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले कांग्रेसलाई बलियो बनाउन आफूले जित्नुपर्ने बताएका छन्।

triton college

प्रधानमन्त्री देउवाको स्वागत गर्न बिहीबार मालासहित लाइनमा बसेका उनले सञ्चारकर्मीसँग बोल्दै नेपालको विकास गर्न कांग्रेसको सक्रिय कार्यकर्ता २० लाखबाट घटेर १ लाख हुनुपर्ने बताए।

कांग्रेसका धेरै कार्यकर्ताले राजनीमा दिएमात्रै देशको विकास हुने टिप्पणी उनको थियो। ‘नेपालको विकास गर्ने हो भने कांग्रेसको सक्रिय कार्यकर्ताको संख्या २० लाखबाट घटेर १ लाख जति मात्रै भए पनि हुन्छ। त्यसैले यदि कांग्रेसलाई बलियो बनाउने हो भने मैले जित्नुपर्छ। अनिमात्र देशको विकास हुन्छ,’ उनले कांग्रेसका सक्रिय कार्यकर्ता घट्नुपर्ने दोहोर्‍याउँदै भने, ‘धेरै कांग्रेसका कार्यकर्ताले कांग्रेसबाट राजीनामा दिनुपर्छ। अनि बल्ल देशको विकास हुन्छ।’

देशको विकास गर्न दलगत सक्रियता नचाहिने उनको भनाइ थियो। पाँच वर्षअघि बीबीसीमा प्रसारण भएको साझा सवाल कार्यक्रममा प्रधानमन्त्री देउवालाई नेपालमा अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री हामी कहिले पाउँछौँ भनेर सवाल गरेर चर्चामा आएका ढकाल पछिल्लो समय देउवाकै प्रतिस्पर्धीका रुपमा डडेलधुरामा मत मागिरहेका छन्। गुल्मीका ढकालले पाँच वर्षअघि प्रधानमन्त्री देउवालाई प्रश्न गर्दा देउवाले झोक्किँदै ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भनेर हप्काएका थिए।

प्रकाशित: Nov 03, 2022| 16:38 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।