आइतबार, असार ७, २०८३

ईश्वर पोखरेलले ल्याए २८ बुँदे प्रतिबद्धतापत्र

भौतिक संरचना निर्माण गर्दा भिन्न रूपले सक्षम नागरिक तथा बालबालिकामैत्री संरचनाहरू निर्माण गर्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। काठमाडौं-५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेलले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिबद्धता सार्वजनिक गर्दै संविधानको रक्षा र कार्यान्वयनमा जोड दिए।

National life

‘स्थानीय तहको निर्वाचनमा एमालेद्वारा घोषणा–पत्र प्रतिबद्धता पत्रको कार्यान्वयन गर्न संघीय र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिलाई विशेष सहयोग र समन्वय गर्ने प्रतिबद्धता गर्दछौं,’ प्रतिबद्धता पत्रमा भनिएको छ।

भौतिक संरचना निर्माण गर्दा भिन्न रूपले सक्षम नागरिक तथा बालबालिकामैत्री संरचनाहरू निर्माण गर्न पहल गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ।

एमालेले आगामी निर्वाचनमा सो क्षेत्रको प्रदेशसभा (क)मा पार्टीका केन्द्रीय सदस्य नारायण सिलवाल र प्रदेशसभा (ख)मा पार्टीका काठमाडौं जिल्लाअध्यक्ष दीपक निरौलालाई उम्मेदवार बनाएको छ।

प्रकाशित: Nov 03, 2022| 16:31 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...