मंगलबार, वैशाख ४, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • मोरङ–४ मा एमालेका ढकाल र माओवादीका मोदीलाई कांग्रेसकै भर, उसैसँग डर

मोरङ–४ मा एमालेका ढकाल र माओवादीका मोदीलाई कांग्रेसकै भर, उसैसँग डर

०७४ मा एमालेसँग गठबन्धन गरेर जितेको माओवादीले गत स्थानीय तह निर्वाचनमा तेस्रो मत ल्याएपछि प्रतिनिधिसभा कुनै हालतमा नछाड्ने अडानका बीच कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको केही लागेन। माओवादीका अमनलाल मोदीले प्रतिनिधिसभाको टिकट लिएरै छाडे।
 |  शुक्रबार, कात्तिक १८, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, कात्तिक १८, २०७९

विराटनगर– गत वैशाखमा सम्पन्न स्थानीय तहमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले २० हजारभन्दा बढी मत ल्याएको मोरङ–४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छैनन्। ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङ–४ बाट कांग्रेसका ‘हेविवेट’ नेताहरु सिफारिसमा परेका थिए। महेश आचार्य, अमृत अर्याल, भीम पराजुली, गुरुराज घिमिरे र दिलिप गच्छदार प्रतिनिधिसभा सदस्यतर्फ सिफारिस भए पनि अर्याल, पराजुली र घिमिरे प्रदेशसभा सदस्यमा राजी भए। अर्याल मोरङ ५ (ख), पराजुली ४ (ख) र घिमिरे ४ (क) बाट उम्मेदवार बने। आचार्य र गच्छदारले प्रदेश र प्रतिनिघिसभा दुवैमा टिकट पाउन सकेनन्। 

triton college

०७४ मा एमालेसँग गठबन्धन गरेर जितेको माओवादीले गत स्थानीय तह निर्वाचनमा तेस्रो मत ल्याएपछि प्रतिनिधिसभा कुनै हालतमा नछाड्ने अडानका बीच कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको केही लागेन। माओवादीका अमनलाल मोदीले प्रतिनिधिसभाको टिकट लिएरै छाडे। 

मोरङ–४ का एमाले उम्मेदवार विनोद  ढकाल र माओवादीका मोदीबीच मुख्य प्रतिष्पर्धा हुनेछ। 

ढकाल र मोदीलाई कांग्रेसको भर
मोरङ–४ तुलनात्मक रुपमा कांग्रेसको बलियो संगठन भएको क्षेत्र हो। ०७४ प्रतिनिधिसभा निर्वाचनमा माओवादी विजयी भयो। 

प्रदेशका दुई क्षेत्रमध्ये एउटा माओवादी केन्द्र र अर्को एमालेले जित्यो। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि २३ वटा वडामध्ये कांग्रेसले ३ वटा वडामा विजयी हुँदा एमालेले १८ वटा वडा जित्यो। माओवादी र जसपा १–१ वडामा विजयी बने। ५ वर्षको अन्तरालमा कांग्रेसको संगठन क्षेत्र नं। ४ मा कमजोर बनेर गएको देखिएको छ। एमालेले संगठनलाई संगठित गर्दै गएको देखिन्छ। तर, कांग्रेस र एमालेका वडाध्यक्षहरुले पाएको मतान्तरमा भने धेरै अन्तर छैन। दुई पार्टीबीच वडाध्यक्षहरुले ल्याएको मतान्तर ५ हजारको छ। कांग्रेसका उम्मेदवार थोरै मतान्तरले पराजित भएका छन्। यसमा उम्मेदवार चयनदेखि महाधिवेशन, पार्टीभित्रको गुटले काम गरेको देखिन्छ। 

corrent noodles
Metro Mart

एमाले हाराहारीमा रहेको कांग्रेसको प्रतिनिधिसभामा उम्मेदवार नभएपछि एमाले र माओवादी उम्मेदवारले कांग्रेसको मतको भर गरेका छन्। गठबन्धन गरेपछि कांग्रेसको सबै मत आफूले नपाउनेमा माओवादी उम्मेदवार मोदी कन्भिन्स छन्। उनी कांग्रेसका नेता–कार्यकर्तालाई अहिले रिझाउने काम गर्दै आएका छन्। कांग्रेसको मत सबै गठबन्धनमा नजाने निश्चित देखेको एमालेले पनि कांग्रेसका मतदाताको मत पाउन सके जित्न सकिने भएकाले ध्यान उतै केन्द्रित गरेको छ। दुवै उम्मेदवारलाई कांग्रेसकै मतको भर छ। दुवैलाई कांग्रेसको मत नपाइने पो हो कि भन्ने डर पनि उत्तिकै छ। 

ढकाल र मोदीलाई जित्नैपर्ने दबाब
मंसिर ४ को निर्वाचन घोषणा अघिबाटै मोरङ ४ मा एमाले केन्द्रीय सदस्य ढकालले सम्भावित उम्मेदवारका रुपमा निर्वाचन क्षेत्रमा नेता–कार्यकर्ता भेटघाटलाई बढाए। पार्टीको क्षेत्रीय समन्वय कमिटीबाट एकल सिफारिसमा परे। अन्तिममा टिकट पनि ढकालले नै पाए। यसबीचमा ढकालले क्षेत्र नं। ४ का करिब सबै वडामा पुगिसकेका थिए।

सत्तारुढ गठबन्धनमा भने यो क्षेत्र कसको भागमा पर्ने भन्नेमै टुंगो थिएन। अन्तिम समयमा माओवादीले क्षेत्र पायो। उसले पुरानै उम्मेदवारलाई निरन्तरता दियो। मनोनयनपछि मोदी र ढकालले निर्वाचन क्षेत्रमा गतिविधि तीव्र पारेका छन्। मोदी २०७० को दोश्रो संविधानसभाबाट संसद प्रवेश गरेका हुन्। समानुपातिक सांसद हुँदै अघिल्लो पटक प्रत्यक्ष चुनाव जितेका मोदी यस पटक ह्याट्रिक गर्ने दाउमा छन्। तर, उनलाई अघिल्लो पटक जस्तो सहज छैन।

०७४ मा एमालेसँग गठबन्धन गरेर जितेको माओवादीले गत स्थानीय तह निर्वाचनमा तेस्रो मत ल्याएपछि प्रतिनिधिसभा कुनै हालतमा नछाड्ने अडानका बीच कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको केही लागेन। माओवादीका अमनलाल मोदीले प्रतिनिधिसभाको टिकट लिएरै छाडे। 

दुई कार्यकाल सांसद भइसकेका मोदीले जनअपेक्षा अनुसार काम नगरेको आरोप छ। अर्कोतर्फ तेश्रो स्थानमा रहेको माओवादी कांग्रेसको सबै मत खस्नेमा विश्वस्त छैन। मोरङमा जसपा–एमालेको तालमेलले पनि सत्तारुढ गठबन्धनलाई घाटा देखिएको छ। जसपाका वडाध्यक्षका उम्मेदवारले स्थानीय तह निर्वाचनमा ३ हजार मत ल्याएका थिए। मोदीलाई एउटै भर भनेको थारु बाहुल्य क्षेत्र रहेकाले बाजी मार्न सकिएला कि भन्ने रहेको छ। तर, मोदीले अघिल्लो पटक पाएको जस्तो मत नआउने स्थानीयबासी बताउँछन्। 

एमालेका उम्मेदवार ढकालका लागि मोरङ ४ नयाँ क्षेत्र हो। उनी यसअघि मोरङ ६ बाट उम्मेदवार बनेका थिए। संविधानसभा र विराटनगर महानगरपालिकामा पराजित भइसकेका ढकालका लागि प्रतिनिधिसभामा जित्नैपर्ने दबाब छ। उनी अहिले यसअघिका निर्वाचनमा भन्दा बढी आक्रामक रुपमा देखिएका छन्। निर्वाचन घोषणा अगावैदेखि घरदैलो, नेता कार्यकर्ता भेटघाटलाई तीव्र पारेका छन्। ढकालको उम्मेदवारीले पार्टी नेता कार्यकर्ता भित्र असन्तुष्टि नरहेकाले उनी यसपटक बाजी मार्नेमा आशावादी छन्। 

प्रदेशमा एमाले र कांग्रेसको प्रतिष्पर्धा
प्रतिनिधिसभामा सत्ता गठबन्धनभित्रको माओवादी र एमालेबीचको मुख्य प्रतिष्पर्धा रहेको क्षेत्र नं ४ को प्रदेशसभामा कांग्रेस र एमालेका उम्मेदवारवीच कडा प्रतिष्पर्धा हुने देखिएको छ।

४ क मा कांग्रेस उम्मेदवार गुरुराज घिमिरे र एमालेका जयप्रकाश चौधरीबीच मुख्य प्रतिष्पर्धा रहेको छ। सामाजिक अभियन्ताबाट क्षेत्रमा परिचय बनाएका चौधरी र कांग्रेसको प्रभावशाली नेताका रुपमा परिचित घिमिरे दुवैले निर्वाचन केन्द्रित अभियानलाई तीव्र बनाएका छन्। घिमिरेले आफूलाई भावी मुख्यमन्त्रीका रुपमा लिएका छन्। कांग्रेसको कोइराला समूहका नेता समेत रहेका घिमिरेलाई आफ्नैबाट समस्या रहेको कांग्रेसका स्थानीय कार्यकर्ता बताउँछन्। 

४ ख मा एमालेका जीवन घिमिरे र कांग्रेसका भीम पराजुलीबीच मुख्य प्रतिष्पर्धा छ। यस क्षेत्रमा अहिले सबैको चासो पनि छ। विराटनगर ३ का घिमिरे र पराजुलीको प्रतिष्पर्धा रोचक छ। घिमिरे पूर्व सामाजिक विकास मन्त्री हुन् भने पराजुली विराटनगर महानगरपालिकाका निवर्तमान मेयर हुन्। दुवै जना केन्द्रीय नेता हुन्। दुवै उम्मेदवारलाई भावी मुख्यमन्त्रीका रुपमा हेरिएको छ। दुवै उम्मेदवारले अहिले चुनावी कार्यक्रमलाई तीव्र बनाएका छन्। 

एमाले उम्मेदवार घिमिरेले प्रदेश सरकारमा रहँदा गरेका कामलाई चुनावी अभियानमा प्रस्तुत गरेका छन्। उनको तुलनामा पराजुलीले ५ वर्ष विराटनगरको मेयर हुँदा गरेका कामलाई प्रस्तुत गर्न सकेका छैनन्। सामान्य कामलाई पराजुलीले प्रस्तुत गरेका छन्। घिमिरेले ३ वर्ष प्रदेश सरकारको मन्त्री हुँदा गरेको कामलाई मुख्य आधार बनाएका छन्। पराजुलीले ५ वर्षमा खासै उपलब्धिमूलक काम नगरेको भन्दै महानगरले भर्खरै श्वेतपत्र सार्वजनिक गरेको थियो। कांग्रेस नेतृत्वकै मेयरले सार्वजनिक गरेको श्वेतपत्रका कारण पराजुलीलाई निर्वाचन प्रचारमा समस्या देखिएको कांग्रेसका कार्यकर्ताको भनाइ छ। पराजुलीले स्थानीय तह निर्वाचनमा वागी उम्मेदवार उठाएको लगायतको आरोप लगाइएको छ। 

यस्तो छ अंक गणित
मोरङ–४ मा २३ वटा वडा पर्छन्। बेलबारी नगरपालिकाका ५, ६ र ७ , ग्रामथान गाउँपालिका र कटहरी गाउँपालिकाका साथै विराटनगर महानगरपालिकाका १, २, ३, ८, १० र १९ नम्बर वडा यो क्षेत्रमा समेटिएका छन्।

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले १८, कांग्रेसले ३, माओवादी र जनता समाजवादी पार्टीले १–१ वडामा वडाध्यक्ष पद जितेका छन्। यो क्षेत्रमा एमालेका वडाध्यक्ष उम्मेदवारले २५ हजार ५० मत पाएका छन्। कांग्रेसका वडाध्यक्ष उम्मेदवारले २० हजार ५५२ मत ल्याउँदा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवारले ९ हजार ६१६ मत पाएका छन्।

जनता समाजवादी पार्टीका वडाध्यक्ष उम्मेदवारले ३ हजार ११२ मत संकलन गर्दा नेकपा एकीकृतका उम्मेदवारले १ हजार २४१ मत पाएका छन्। पार्टीगत रुपमा एमाले ४ हजार ४९८ मतले अघि छ। एमाले र गठबन्धनका दलबीचको मतको अन्तर ९ हजार ४७१ रहेको छ।

प्रकाशित: Nov 04, 2022| 07:37 शुक्रबार, कात्तिक १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।