शुक्रबार, साउन १, २०८३

चट्याङ लागेर श्रीमानको मृत्यु श्रीमति घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत-चट्याङले लागेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार गुर्भाकोट-१४ जुगेपानीका ५० वर्षीय प्रेमबहादुर कामीको मृत्यु भएको छ । चट्याङले लागेर उनकी श्रीमति खगिसरा पुन घाइते भएकी छिन् । घाइते पुनको मेहेलकुना अस्पतालमा उपचार भैरहेको छ ।

‘दशबजेतिर घरमा चट्याङ परेको रहेछ,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले भने ‘चट्याङ्ले घरमा बसिरहेको श्रीमानको मृत्यु भएको छ भने उनकी श्रीमति घाइते छिन् ।’ 

प्रहरीका अनुसार गोठमा रहेका दुईवटा गाई, एउटा गोरु र एउटा कुकुरको समेत मृत्यु भएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।