शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • चितवन क्षेत्र–३ : वाम लोकतान्त्रिक गठबन्धन उम्मेदवारको प्रतिबद्धता- किसानलाई पेन्सन, बिउदेखि ढुवानीसम्म अनुदान

चितवन क्षेत्र–३ : वाम लोकतान्त्रिक गठबन्धन उम्मेदवारको प्रतिबद्धता- किसानलाई पेन्सन, बिउदेखि ढुवानीसम्म अनुदान

भरतपुरको हवाई सेवालाई लुम्बिनी–पोखरा–जनकपुरसँग जोड्ने, देवघाट, शिवघाट–गोलाघाट, कसरा–पटिहानी, टिकौली–ठिमुरा जोड्ने बाह्य चक्रपथ निर्माण सम्पन्न गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

चितवन- आगामी ४ मंसिरमा हुने आमनिर्वाचनका लागि चितवनको क्षेत्र–३ का लोकतान्त्रिक वाम गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारहरूले घोषणापत्र सार्वजनिक गरेका छन्।

National life

भरतपुरमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार डा. भोजराज अधिकारी, प्रदेशसभा सदस्यतर्फ चितवन ३ (क) का प्राडा. सूर्यकान्त घिमिरे र (ख) क्षेत्रका उम्मेदवार ठाकुरप्रसाद ढकालले सामूहिक रुपमा  सार्वजनिक गरेको २४ पृष्ठको घोषणापत्रमा १४ बुँदे प्रतिबद्धतालाई प्राथमिकतामा राखिएको छ।

घोषणापत्रमा सुशासन र सेवा प्रवाह, सडक सञ्जाल र भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन विकासः आर्थिक समृद्धिको आधार, कृषि, स्वरोजगार, भूमिहीन समस्यालगायतलाई प्राथमिकता दिइएको छ।

घोषणापत्रमा सुशासन, पारदर्शिता र जवादेहितालाई सदृढ गर्न आवश्यक ऐन, कानुन निर्माणको पहल गरिने बताइएको छ। नागरिकलाई सुलभ ढुंगले सेवा दिन प्रशासन सेवालाई जनमुखी र दक्ष बनाउन नीतिगत सुधार गरिने उल्लेख छ।

वाम लोकतान्त्रि गठबन्धनका उम्मेदवारले निर्वाचन जिते वन तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ संशोधनका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहालले गरेको पहललाई समर्थन गरी ठोरी–केरुङ राजमार्ग विस्तारको राष्ट्रिय गौरवको योजना सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।

Laxmi sunrise bank
kumari

यस्तै, नारायणी र राप्ती नदीलाई ‘सी बिच मोडल’ का रुपमा पर्यटन विकास गर्ने एजेन्डा अगाडि सारेका छन्। सडक सञ्जाल र भौतिक पूर्वाधारतर्फको घोषणपत्रमा भरतपुरको हवाई सेवालाई लुम्बिनी–पोखरा–जनकपुरसँग जोड्ने, देवघाट, शिवघाट–गोलाघाट, कसरा–पटिहानी, टिकौली–ठिमुरा जोड्ने बाह्य चक्रपथ निर्माण सम्पन्न गर्ने बताइएको छ।

शिक्षातर्फ चितवनलाई ‘शैक्षिक तथा मेडिकल हब’ को रुपमा विकास गरिने विषयलाई जोड दिइएको छ। मातृभाषामा प्राथमिक शिक्षा पाउने अधिकार सुनिश्चित गरिने, सबै विद्यालयमा प्रत्येक महिना स्वास्थ्य परीक्षण व्यवस्था हुने, पश्चिम चितवनमा प्रादेशिक स्तरको प्राविधिक महाविद्यालय स्थापना गरिने उल्लेख छ।

घोष्णापत्रमा मेघौलीमा ५० बेडको अस्पताल निर्माण गरिने, भरतपुर अस्पताललाई टिचिङ अस्पतालमा बदल्न कानुन निर्माण गर्ने र क्यान्सर अस्पताललाई एकेडेमीका रुपमा स्थापित गरिने प्रतिबद्धता गरिएको छ।

गर्भवती महिलाको पोषणका लागि नियमित भत्ताको व्यवस्था गर्ने उल्लेख छ। पर्यटन विकासतर्फ २०८० लाई भरतपुर भ्रमण वर्ष र २०८१ लाई माडी भ्रमण वर्ष घोषणा गरी प्रवद्र्धन गरिने जनाइएको छ।

कृषकसँग उम्मेदवारले किसानलाई पेन्सन, बिउदेखि ढुवानीसम्म अनुदान, कृषक एम्बुलेन्सलाई गोठ, खेतबारीसम्म पु¥याउने संकल्प बाँडिएको छ।

स्वरोजगारका लागि बिनाधितो अनुदान दिने प्रतिबद्धता व्यक्त गरिएको छ। महिलाको पैत्रिक सम्पत्तिमा समान अधिकार र आमाको नामबाट सन्तानको नागरिकताको ग्यारेन्टी गरिने बताइएको छ।

पश्चिम चितवनमा दलित संग्रहालय निर्माण, एक वडा एक एक शिशु सिकाइ सामुदायिक केन्द्र स्थापना गर्ने प्रतिबद्धता उम्मेद्वारले गरेका छन्।

प्रकाशित: Nov 03, 2022| 11:42 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।