शनिबार, कात्तिक २९, २०८२

डिएल मेथडबाट भारतले निकाल्यो जित

सुरुवाती ब्याटिङ गरेको भारतले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर १८४ रन बनाएको थियो। तर बंगलादेशले जितका लागि १८५ रन बनाउनु पर्ने भए पनि मौसले समयमै खेल हुन सकेन।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

काठमाडौं– अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा भारतले बंगलादेशलाई डीएल मेथडबाट पाँच रनले हराएको छ। प्रतिकूल मौसम भएपछि १६ ओभरमा घटाइएको खेलमा भारतले पाकिस्तानलाई पाँच रनले हराएको हो।

National life

सुरुवाती ब्याटिङ गरेको भारतले पूरा २० ओभर खेल्दै ६ विकेट गुमाएर १८४ रन बनाएको थियो। तर बंगलादेशले जितका लागि १८५ रन बनाउनु पर्ने भए पनि मौसले समयमै खेल हुन सकेन।

बाँकी समयलाई १६ ओभरमा मिलाउँदा बंगादेशले १५० रनको लक्ष्य पाए पनि १४५ रन मात्र बनाउन सक्यो। यससँगै भारतले पाँच रनको जित निकालेको हो।

यो जितपछि चिप्लो मैदानमा खेलाइएको खेलबाट बंगलादेशका कप्तान सकिब अल हसनलाई प्रश्न सोधियो? के आज खेलाइनु र डिएल मेथडबाट नजिता दिनु फेयर थियो? यसबारे टिममा केही चर्चा भयो?

उनले खराब मौसमक बाबजुद खेल भएकोबारेमा आपत्ति भने जनाएनन्। ‘हाम्रो टिममा कसैले पनि यो फेयर भयो वा भएन भन्नबारेमा चर्चा गरेनन्,’ उनले भनेका छन्, ‘हामी खेल चहान्थ्यौँ र हामी जित निकाल्न चहान्थ्यौँ। हामी सबैले हाम्रो बेस्ट दिएको हो तर हामी हार्न पुग्यौँ।’

Laxmi sunrise bank
kumari

जितका लागि भारतका विराट कोहलीले ६४ र केएल राहुलले ५० रनको अर्धसतकीय पारी खेलेका थिए।

यता, बंगलादेशका हसम महमद र शकिब हल हसनले क्रमशः ३ र २ विकेट गिराए। त्यस्तै, जवाफमा बंगलादेशका लिटन दाशले ६० रन र नुरुल हसनले २५ का साथै नाजमुद सान्तोले २१ रन बनाए पनि जितका लागि पर्याप्त भएन। त्यसक्रममा भारतका हार्दिक पाण्ड्या र अर्षदिप पटेलले सिंहले समान २-२ विकेट गिराएका थिए। मोहम्मद शामीले एक विकेट लिँदा लिटन भने रनआउट भएका थिए। लिटन मैदानमा चिप्लिएर लडेपछि उनी रनआउट भए।

यो जितपछि समूह बी मा रहेको भारत ६ अंक बनाउँदै शीर्षस्थानमा उक्लिएको छ। पाँच अंक भएको दक्षिण अफ्रिका तेस्रो स्थानमा छ भने बंगलादेश चार अंकका साथ दोस्रो स्थानमा छ।

पाकिस्तानले भने तीन खेलमा एक मात्र जित निकाल्न सकेको छ।

प्रकाशित: Nov 02, 2022| 22:21 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।