शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीशमा अस्वीकृत जोशी सर्वोच्च फर्किए, तर पेशी पाएनन्

प्रधानन्यायाधीशमा अस्वीकृत जोशी सर्वोच्च फर्किए, तर पेशी पाएनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशका लागि अस्विकृत भएका दीपकराज जोशी सर्वोच्च अदालत फर्किएका छन् । ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बनेपछि उनलाई स्वागत गर्दै जोशी सर्वोच्च फर्किएका हुन्  । 

तर, नियमित कामकाज गर्ने गरि फर्किएका जोशीले पेशी भने पाएनन् । मंगलबार ३१८ वटा पेशी तोकिएकोमा जोशीको भागमा एउटा इजलास पनि नपरेको हो । प्रधानन्यायाधीश मिश्रले पेशी नतोके पछि जोशी अलमलमा परेका छन् । स्रोतका अनुसार उनलाई तत्कालै पेशी नदिने मनस्थितीमा मिश्र छन् । 

शैक्षिक प्रमाणपत्र विवादका कारण प्रधानन्यायाधीश हुनबाट रोकिएपछि जोशी घरबिदामा बसेका थिए । जोशीले आफूले प्रधानन्यायाधीश नभएर कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारीमात्र सम्हालेको बताएका थिए । जोशीले मिश्र र आफू सहकर्मी भएकाले कार्यसम्पादमा कुनै समस्या नपर्ने बताएका थिए । तर, मिश्रले इजलास नदिए पछि उनी अलमलमा परेको स्रोतले जनाएको छ ।  

जोशी संवैधानिक परिषद्को सिफारिसपछि सुनुवाइ समितिमा पुगेर अस्विकृत भएका थिए । नेपालको न्यायालयकै इतिहासमा प्रधानन्यायाधीशका रूपमा अस्वीकृत हुने पहिलो व्यक्ति बनेका थिए । समितिले उनलाई पाँचवटा अभियोग लगाउँदै मतदान प्रक्रियामा लगेर दुई तिहाइबाट अस्वीकृत गरेको थियो । 

शैक्षिक प्रमाणपत्रको विवादमा तानिएका जोशी न्यायिक सम्पादन र आचरणको सवालमा पनि विवादित बन्दै आएका थिए । उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा पाँचवटा उजुरीसमेत दर्ता भएका थिए । उनीविरुद्ध इजलासमै निदाउनेदेखि छोराको बिहेमा अकूत सम्पत्ति खर्च गरेकोसम्मका आरोप लागेका थिए ।

पाँच जनाले हालेको उजुरीमा क्यासिनोदेखि एनसेल र अन्य कर छुट दिने विवादास्पद फैसलामा जोशी संलग्न रहेको आरोप लागेको थियो । शैक्षिक प्रमाणपत्रको विवादसँगै न्यायाधीशका रूपमा जोशीले गरेका केही विवादास्पद फैसला, आदेश र गतिविधि नै उनलाई प्रधानन्यायाधीश बन्नबाट रोक्ने कारणहरू देखाइएको थियो । 

  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।