मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • भलिबलमा यू-२३ को खुला छनोट हुने, बीच भलिबलको खेलाडी पनि छानिँदै

भलिबलमा यू-२३ को खुला छनोट हुने, बीच भलिबलको खेलाडी पनि छानिँदै

नेपाल भलिबल संघ(एनभिए) ले राष्ट्रिय यू २३ पुरुष भलिबल टिम बनाउनका लागि खुला छनोट गर्ने भएका छ। एनभिएको मंगलबार सम्पन्न बोर्ड बैठकले यू २३ को खुला छनोट गर्ने निर्णय गरेको संघले जानकारी दिएको हो।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

काठमाडौं- नेपाल भलिबल संघ(एनभिए) ले राष्ट्रिय यू २३ पुरुष भलिबल टिम बनाउनका लागि खुला छनोट गर्ने भएका छ। एनभिएको मंगलबार सम्पन्न बोर्ड बैठकले यू २३ को खुला छनोट गर्ने निर्णय गरेको संघले जानकारी दिएको हो।

यसअघि लामो समयसम्म संघले यू-२३ को टिम बनाएको थिएन। उसले आउँदो डिसेम्बरमा ढाकामा हुने यू २३ काभा प्रतियोगितामा समावेश गराउनका लागि यू २३ को छनोट गर्न लागेको हो।

यो प्रतियोगिता डिसेम्बर २० देखि २७ तारिखसम्म बंगलादेशको ढाकामा हुँदैछ। त्यसका लागि संघले आगामी कार्तिक २१ देखि २३ सम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुन लागेको हो।

त्यस्तै भलिबल संघले सिनियर महिला तथा पुरुषलाई पनि सोही समयमा कभर्डहलमा बोलाएको छ। कावा बीच भलिबलमा सहभागिताको लागि संघले सिनियर खेलाडीलाई पनि उपस्थित हुन आग्रह गरेको हो।

‘सहभागी टिमबाट एक पुरुष तथा एक महिलाबीच भलिबल टिम निर्माण गरिनेछ,’ संघले सूचनामा लेखेको छ, ‘सबै जिल्लाका इच्छुक खेलाडीहरूले नागरिकतासहित कार्तिक २१, २२ र २३ मा उपस्थित हुनका लागि सूचित गरिन्छ।’

kumari

संघले आफ्ना सबै प्रदेशका सङ्घहरूलाई पनि खेलाडी छनोटमा सहयोग गर्नका लागि अनुरोध गरेको छ।

प्रकाशित: Nov 02, 2022| 13:55 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।