शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • च्याम्पियन्स लिग : बायर्न अपराजित, लिभरपुल, टोटेनहम र बार्सिलोनाको जित

च्याम्पियन्स लिग : बायर्न अपराजित, लिभरपुल, टोटेनहम र बार्सिलोनाको जित

युरोपेली च्याम्पियन्स लिगको समूह चरणमा अपराजित रहँदै बायर्न म्युनिख अन्तिम १६ मा पुगेको छ।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

काठमाडौं- युरोपेली च्याम्पियन्स लिगको समूह चरणमा अपराजित रहँदै बायर्न म्युनिख अन्तिम १६ मा पुगेको छ। समूह सीको मंगलबार राति सम्पन्न अन्तिम खेलमा घरेलु मैदानमै इटालियन क्लब इन्टर मिलानलाई हराएर बायर्न अपराजित रहँदै अन्तिम १६ पुगेको हो।

National life

घरेलु मैदानमा इन्टरलाई २-० ले हराउने क्रममा बेन्जामिन पवर्ड र इरिक म्याक्सिम चुपोमोटिङले गोल गरेका थिए। यो जितसँगै बायर्नले समूहका ६ खेलबाट शतप्रतिशत अंक जोडेको छ। दोस्रो स्थानमा रहँदै मिलान पनि अन्तिम १६ मा पुगेको छ।

समूह सी अन्तर्गतकै अर्को खेलमा मंगलबार राति जित निकाले पनि बार्सिलोना युरोपा लिगमा जाने पहिले नै निर्धारित भइसकेको थियो। यद्यपि सिजनको आफ्नो अन्तिम खेलमा बार्सिलोनाले भिक्टोरिया प्लेजनलाई ४-२ ले हराएको छ।

बार्सिलोनाका लागि मार्कस एलन्सो र पावलो टोरेसले समान २-२ गोल गरे। फरान टोरेसले भने दुई गोल गरेका छन्। यससँगै सात अंक बनाएको बार्सिलोना समूहको तेस्रो स्थानमा रहँदै युरोपा लिगमा पुग्यो।

यसैगरि गएरातिको खेलमा नापोलीलाई हराउँदै समूह एको दोस्रो स्थानमा रहेन लिभरपुलले अन्तिम १६ को यात्रा तय गरेको छ। मोहम्मद सलाहले ८५औं मिनेटमा र डार्विन नुनेजले इन्ज्युरी समयमा गोल गरेपछि लिभरपुलले जित निकालेको हो। उसले अन्तिम खेलमा जित निकालेर शीर्षस्थानको नापोलीसँग १५ अंकमा बराबरी समेत गर्‍यो।

Laxmi sunrise bank
kumari

पहिलो र दोस्रो खेलको हेड टू हेडको आधारमा लिभरपुल दोस्रो स्थानमा रह्यो। यता, तेस्रो स्थानमा रहेको आयाक्स भने युरोपा लिगमा पुगेको छ। आयाक्सले गएराति रेन्जर्सलाई हराएको थियो।

यसैगरि मार्सेलाई गएराति २-१ ले हराएको टोटेनहम समूह डीको शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ। गएराति टोटेनहमलाई जित दिलाउनका लागि क्लिमेन्ट लेन्गलेट र फियरे इमिली होजबर्गले गोल गरेका थिए।

यो जितसँगै ११ अंक बनाएको टोटेनहम शीर्षस्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो। तालिकाको पुछारमा रहेको मार्से भने बाहिरिएको छ।

अब अन्तिम १६ का लागि दुई टिमको मात्र टुंगो लाग्न बाँकी छ। १४ क्लबले प्रि क्वार्टरफाइनलको यात्रा तय गरिसकेका छन्।

प्रकाशित: Nov 02, 2022| 13:44 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।