शुक्रबार, साउन १, २०८३

काठमाडौंको ज्यांठामा भिषण आगलागी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- काठमाडौंको ज्यांठामा भिषण आगलागी भएको छ । मंगलबार बिहान पौने ४ बजेबाट सुरु भएको आगलागीबाट तीनवटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् । 

सुमनमान स्थापितको घरबाट सुरु भएको आगलागीले तीन घरका तीनवटा तल्लामा रहेका सबै सामान जलेर नष्ट भएका छन् । तल्लो तल्लामा रहेको अक्सिजन ग्यासको सिलिन्डर पड्किदा आगो झनै फैलिएको थियो । आगलागीबाट करिब सात करोड बाराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । 

आगलागी भएको करिब २ घण्टा पछि स्थानीयबासी, प्रहरी र दमकलको साहयतामा नियन्त्रणमा लिइएको प्रहरी प्रभाग दरबारमार्गका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।  आगो पानी तान्ने मोटरको विजुली सर्ट हुँदा लागेको उनले जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।