काठमाडौं- बंगलादेशमा जारी साफ यू-१५ महिला फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार साँझ सम्पन्न खेलमा बंगलादेशले सानदार जित निकालेको छ। राजधानी ढाकामा सम्पन्न भएको खेलमा बंगलादेशले भुटानलाई ८-० ले पराजित गरेको हो।
वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्तफा कमल रंगशालामा भएको खेलको सातौं मिनेटमै उमेहला मार्माले अग्रता बनाएकी थिइन्। त्यस्तै, उनले नै ७६औं मिनेटमा खेलको सातौं गोलसमेत गरिन्।
त्यस्तै सौरभीले भने खेलमा ह्याट्रिक गरिन्। उनले व्यक्तिगत पहिलो गोल ६८औं मिनेटमा र दोस्रो गोल ७३औं मिनेटमा गरेकी हुन्। उनले इन्ज्युरी समयमा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरिन्। खेलमा थुइनुई मार्मा, जोयनोव र कनोनले पनि एकएक गोल गरे।
यो जितसँगै बंगलादेशले खेल तालिकामा तीन अंक जोडेको छ।