आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

आफैंले गरेका प्रतिबद्धता विर्सने गरेको मतदाताको गुनासो

राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले अहिले घरदैलोलगायतका कार्यक्रममार्फत मतदातामाझ पुगिरहेका छन्। दलका नेता तथा कार्यकर्तामा निकै उत्साह देखिएको छ।
 |  बुधबार, कात्तिक १६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

नेपालगञ्ज- आगामी निर्वाचनलाई स्वतन्त्र र राजनीतिक दलका उम्मेदवार अहिले गाउँगाउँमा चुनावी प्रचारप्रसारको अभियानमा जुटेका छन्। राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले अहिले घरदैलोलगायतका कार्यक्रममार्फत मतदातामाझ पुगिरहेका छन्। दलका नेता तथा कार्यकर्तामा निकै उत्साह देखिएको छ। 

triton college

जिल्लाका सहर तथा ग्रामीण क्षेत्रका अधिकांश मतदाताले उम्मेदवार चुनावको समयमा मात्र घरदैलोमा पुग्ने अनि विभिन्न किसिमका आश्वासन र प्रतिबद्धता गर्ने तर जितिसकेपछि जनतासमक्ष गरिएका प्रतिबद्धता विर्सने गरेको गुनासो व्यक्त गरेका छन्।

नेपालगञ्ज–१ धम्बोझीकी गीता गौतम पौडेलले वर्षौंदेखि घर डुबानको समस्या झेल्दै आएकी छन्। नेपालगञ्जमा ढल निकासको व्यवस्थापन नहुँदा करिब ३२ वर्षदेखिको समस्या जस्ताको त्यस्तै रहेको दुःखेसो उनले सुनाइन्। उनले भन्छिन्, ‘यसबीचमा धेरै निर्वाचन भए र उम्मेदवार भोट माग्न आए, ढल निकासको समस्या समाधान गर्न सबैले आश्वसनसँगै प्रतिबद्धता गरे तर अहिलेसम्म पूरा नभएपछि मेरो आश मरिसकेको छ। यसपालीको चुनावमा त मलाई त्यति उत्साह छैन।’ 

अहिलेको वर्षाले घर डुबानमा परेर साह्रै दुःख पाएको उनले भनिन्,‘ढल निकासको अभावमा घरभित्र पानी पसेर सबै सामानमा क्षति भयो र करिब एक साता होटेलमा बस्नुपर्‍यो, नेपालगञ्ज जस्तो सहरमा वर्षौंदेखिको समस्या समाधान नगर्नु नेताको नैतिकतामाथि नै प्रश्न उठ्ने बेला आएको छ।’ नेपालगञ्ज सहरमा व्यवस्थित ढल निकास नभएका कारण उनीजस्तै सो टोलका पुराना घर एक झरिमै डुबानमा पर्ने गर्दछन्। तर अहिलेसम्म यो समस्या समाधान नहुँदा स्थानीयवासी दुखी भएका छन्। 

नेपालगञ्ज उपमहानगरपालिका–ं १ कि ललिता शर्माले महानगर बनाउने तयारीमा रहेको नेपालगञ्जमा उपमहानगरपालिका जत्तिको पनि सेवासुविधा नभएको बताउछिन्। मतदातामा उत्साह नहुनुको कारण राजनीतिक दल तथा त्यसका उम्मेदवारसँग जनता रिझाउने किसिमका ठोस् एजेण्डा नभएको उनी बताउछिन्।

Metro Mart
vianet

अर्का स्थानीय राजेशकुमार पौडेलले नेताले निर्वाचनलाई सत्ता र स्वार्थकोरुपमा लिएको गुनासो गर्छन्। निर्वाचित उम्मेदवारले जनताको हितमा दीर्घकालीन योजना बनाएर कार्यान्वयन नगर्दासम्म अब आउने निर्वाचनमा मतदाताको उत्साह झन घट्दै जाने राजनितिक विश्लेषक डा. जनादर्न आचार्य बताउछन्। अहिलेसम्म निर्वाचनका क्रममा मतदातासमक्ष पुगेका राजनीतिक दल र उम्मेदवारका प्रभावकारी योजना देखिँदैन भने उम्मेदवारसमेत जनतामाँझ नभिजेका र सामाजिक विकास लगायतको अनुभवसमेत नभएकाबाट विकास सम्भव नभएको उनले बताए। अहिले प्रविधिको विकाससँगै परिवर्तनमुखी नेतृत्व खोजेका मतदाताले राजनीतिक दलहरुले त्यस्ता उम्मेदवार दिन नसकेको उनको विश्लेषण छ। 

अहिलेका राजनीतिक दलले विभिन्न समावेशीमूलक नाराको विगुल फुकेपनि व्यवहारमा कार्यन्वयन गर्न नसकेको खजुरा गाउँपालिका– ५ का सीता पासीको भनाइ छ। उनले दलित तथा गरिब परिवारका लागि सरकारले ठोस् कार्यक्रम ल्याउन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै स्थानीय सरकारलेसमेत आफूहरुको समस्याप्रति गम्भीर नभएको औँल्याइन्। पासीले भन्छिन्, ‘पाँच वर्षमा राजनीतिक दल तथा उम्मेदवार खुसी पार्नका लागि विभिन्न योजना तथा आश्वासन दिन्छन् तर निर्वाचित भएपछि एक पटक पनि आउँदैनन्, हाम्रा समस्या अहिलेपनि उस्तै छन्’, उनी थप्छिन्, ‘गरिबलाई केही आयमूलक कार्यक्रम दिएको भए हाम्रो जीवन निर्वाहमा सहजता हुन्थ्यो।’ जनप्रतिनिधिले आफू अनुकूलको कार्यक्रम तथा बजेट ल्याउने गरेकाले लक्षित वर्गको पहुँच पुग्न नसकेको उनको भनाइ छ। 

नेपालगञ्ज–६ फुल्टेक्राका धु्रवराज शर्माले नेता तथा उम्मेदवारले चुनावको बेला मात्रै जनतासँग भेट्न आउने प्रवृत्तिले जनतामा नैराश्यता छाएको बताए। उनले जनताले चुनेका प्रतिनिधिले सुशासन दिन नसकेको बताउछन्। उनले भने, ‘कृषि उत्पादन, बजारीकरण, प्रविधिको प्रयोगको अभाव छ, भने मलको व्यवस्थापन हुन नसक्नु दर्भाग्यपूर्ण अवस्था हो।’

नेपालगञ्ज–७ एमपीस्कुलरोड निवासी सूचनाको हकका अभियन्ता अधिवक्ता विश्वजित तिवारीले जनताले जतिपटक निर्वाचित गरेर प्रतिनिधि पठाए पनि निराशाबाहेक केही नपाएको बताए। उनले भने, ‘सरकार र सत्ताको नीति कानुन सबै परिवर्तन हुन्छ तर उनीहरुको नियतमा परिवर्तन आउँदैन।’ 

प्रकाशित: Nov 02, 2022| 11:54 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।