शनिबार, कात्तिक २९, २०८२

अंकितको शतकमा प्रदेश १ को जित, एपीएफसँग हार्‍यो सुदूरपश्चिम

प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा प्रदेश १ र विभागीय टिम एपिएफले जित निकालेको छ।
 |  बुधबार, कात्तिक १६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १६, २०७९

काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा प्रदेश १ र विभागीय टिम एपिएफले जित निकालेको छ। कीर्तिपुरको त्रिवि मैदानमा भएको खेलमा प्रदेश १ का अंकित सुवेदीले शतक बनाएसँगै उसले बागमाती प्रदेशलाई ६९ रनले हराएको हो।

National life

प्रदेश १ का लागि सिद्धान्त लोहनीले ७२ र विवेक आनन्द यादवले पनि ३० रन बनाएका थिए। बलिङतर्फ बागमतीका रामनरेश गिरीले ५ विकेट लिए पनि प्रदेश १ ले एक बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाएर ३०४ रन बनाएको थियो।

जवाफमा ४५ ओभर ५ बल टिकेको बागमतीले २३५ रन बनाउँदै सम्पूर्ण विकेट गुमाएपछि उसले हार व्यहोरेको हो। बागमतीका लागि नन्दन यादवले ४३ रन बनाए भने रामनरेशले २८ रन बनाएका थिए। त्यस्तै, ज्ञानेन्द्र मल्लले २७ र दुर्गेश थापाले २६ रन बनाएका थिए। प्रदेश १ का सर्वन यादवले तीन विकेट लिए भने फिर्दोष अन्सारी, दिपक जोशी र सिद्धान्त लोहनीले समान ३–३ विकेट लिए।

आजै भएको अर्को खेलमा चाहिँ एपीएफले सुदूरपश्चिमलाई १९० बल बाँकी रहँदै १० रनले हराएको छ। पहिले ब्याटिङ गरेको सुदूरपश्चिम २७ ओभर खेल्दै ६७ रन बनाएर अलआउट भएको थियो। जवाफमा प्रदीप ऐरीले २५ र आशिफ शेखले ४२ रन बनाएर एपीएफलाई जिताए।

यता सुदूरपश्चिमका राजु रिजालले २४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउनै सकेनन्। सुदूरपश्चिमका तीन खेलाडी शून्य रनमै आउट भए। 

Laxmi sunrise bank
kumari

एपीएफका भुवन कार्कीले चार विकेट लिए भने मौसम ढकाल र कमल सिंह ऐरीले समान २–२ विकेट लिए।

आजको खेलसँगै दुई खेलबाट चार अंक बनाएको एपीएफ समूह ए को शीर्षस्थानमा छ भने गण्डकी दोस्रो स्थानमा छ। यता समूह 'बी'मा पुलिस चार अंकका साथ शीर्षस्थानमा छ। आजको जितसँगै दुई अंक बनाएको प्रदेश १ दोस्रो स्थानमा छ। बागमती अंकविहीन छ।


प्रकाशित: Nov 02, 2022| 11:28 बुधबार, कात्तिक १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।