शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तिनाउमा बाढी नियन्त्रण बाहिर, सतर्क रहन बुटवलबासीलार्इ अपिल 

तिनाउमा बाढी नियन्त्रण बाहिर, सतर्क रहन बुटवलबासीलार्इ अपिल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रुपन्देही- सोमबार दिउँसो पाल्पामा परेको अविरल वर्षाका कारण बुटवलस्थित तिनाउ नदीमा बाढी नियन्त्रण बाहिर गएको छ। नदीमा यस वर्षकै पानीको बहाव उच्च मापन गरिएको छ। नदीको बहाव खतरा उन्मुख भएकोले बुटवल उमहानगरबासीलार्इ सर्तक रहन अपिल गरिएको छ। 

बुटवलमा भने पानी परेको छैन। एक्कासी नदीको बहाव बढेपछि नदी आसपासका हजारौं घरधुरी जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

नदीको बहाव बढेपनि अहिलेसम्म कुनै क्षति भने नभएको प्रशासनले जनाएको छ। पाल्पामा भने निरन्तर पानी परिरहेकोले रातिमा बहाव जनै बढ्ने आशंका गरिएको छ। बहाव बढ्नसक्‍ने भएकोले सतर्क रहन र सुरक्षित ठाउँमा बस्न बुटवल उपमहानगरपालिकाका मेयर शिव सुवेदीले अपिल गरेका छन्।

बुटवलको पाल्पा सडक खण्डको तीन ठाउँमा गएको पहिरो हटाएपछि यातायात सुचारु भएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।