शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'स्वाप' मेसिन प्रयोग गरी विदेशी पर्यटक ठग्‍ने ५ जना पक्राउ 

'स्वाप' मेसिन प्रयोग गरी विदेशी पर्यटक ठग्‍ने ५ जना पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल घुम्न आउने विदेशी पर्यटकको बैंक नम्बर चोरी गरी ठगी गर्ने दुई नेपाली सहित तीन भारतीय नागरिकलाई महानगरीय प्रहरी परिसरको टोलीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काभ्रे तिमाल-९ का विजय दोङ लामा, काठमाडौ महानगरपालीका-१७  का अनुज नकर्मी भारतीय नागरीक जिन्टु जोय, बिटु गौतम, तथा विकार गोसाई छन। 

लामा र नकर्मी यस अघि बैकिङ्क कसुरमा ६० दिन जेल बसेका थिए। मुख्य योजनाकार भारतीय नागरीक जिन्टु जोय भएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनिहरुले विभिन्न बैङ्कमा स्वाप मेसीन प्रयोगगरी  विदेशी पर्यटको १४ लाख ठगी गरेको प्रहरीको दाबी छ।

जिन्टु जोय बैंकिङ ठगी गर्ने उदेश्यले लगातार ७ पटक नेपाल आउने जाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।  उनिहरुको साथबाट नेपाल ईन्भेष्टमेन्ट बैंक, टुरीजम डेभलवमेन्ट, मेगा बैंक तथा कुमारी बैंकको स्वाप मेसीन, चारथान डाटा रिडर कार्ड, एक थान एमएसआर मेसीन, एकथान ल्यापटप, २ थान नक्कली डेभिट क्रेडिट कार्ड र ११९ थान मोवाइल बरामद गरेको छ। 

पक्राउ परेका उनीहरुलाई बैंकिङ् कसुरमा मुद्दा चलाउने र घटनामा अन्यको संलग्नता भएको हुनसक्ने भएकोले थप अनुसन्धान भैरहेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी वसन्त कुमार लामाले बताए।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।