मंगलबार, फागुन १९, २०८२

आईसीसी पुरुष टी-२० क्रिकेट : आज दुई खेल हुँदै

आईसीसी पुरुष टी-२० क्रिकेट विश्वकपअन्तर्गत मंगलबार दुई खेल हुँदैछन्।
 |  मंगलबार, कात्तिक १५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १५, २०७९

काठमाडौं- आईसीसी पुरुष टी-२० क्रिकेट विश्वकपअन्तर्गत मंगलबार दुई खेल हुँदैछन्। 

पहिलो खेलमा विहान सवा नौ बजे अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल ब्रिस्वानमा हुनेछ। सुपर १२ अन्तर्गत समूह एक मा दुबै टोली पुछारमा छन्। दुबै टोलीको सेमिफाइनल सम्भावना निकै कमजोर बनेको छ। 

समान तीन खेल खेलको श्रीलंका २ अंक सहित पाँचौ र अफगानिस्तान पुछार तथा छैटौं स्थानमा छ। 

दोस्रो खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड दिउसो पौने दुई बजे आमुनेसामुने हुनेछन्। दुई टोलीबीच सेमिफाइनल स्थान बनाउने निकै प्रतिस्पर्धा हुनेछ। जारी समूह एक को खेलमा न्युजिल्यान्ड पाँच अंक सहित शीर्षस्थानमा छ। इंग्ल्यान्ड तीन अंकसहित तेस्रो स्थानमा छ। 

आजको जितले न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बढ्नेछ। हारले भने इंग्ल्यान्ड निकै कठिन मोडमा पुग्नेछ। एक खेल बढि खेलेको अस्ट्रेलिया पाँच अंक सहित दोस्रो स्थानमा छ। आज इंग्ल्यान्डले जितेको खण्डमा समूह एक को सेमिफाइनल समिकरण निकै रोचक बन्नेछ।

kumari

प्रकाशित: Nov 01, 2022| 08:50 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।