शुक्रबार, साउन १, २०८३

संविधान दिवसलार्इ राजपाले 'कालो दिन' नभन्‍ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संघीय लोकतान्त्रिक गणतन्त्रात्मक ‘नेपालको संविधान’ जारी भएको दिन ३ असोजलाई मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ‘कालो दिन’ भनेर विरोध नगर्ने भएको छ। 

नेपालको संविधान २०७२ साल ३ असोजमा लागू भएदेखि मधेशकेन्द्रित हरेक दलले ३ असोजमा कालो दिन भनेर मनाउँदै आएको राजपाले आगामी ३ असोजमा भने विरोध प्रदर्शन मात्र गर्ने सहमति भएको छ। 

एक बर्षअघि ६ मधेशकेन्द्रित दलहरु मिलेर निर्माण भएको राजापाले नेकपा नेतृत्वको सरकारलाई समर्थन गरेपछि संविधान दिवसलाई कालो दिन नभनी विरोध मात्र प्रदर्शन गर्ने सहमति राजापा अध्यक्ष मण्डलको सोमबार बसेको बैठकमा भएको हो। राजपा र मधेशकेन्द्रित दलले हरेक बर्ष ३ असोजलाई संविधान दिवसलाई कालो दिवस भनी मनाउने गरेका थिए।

मधेश केन्द्रित अर्को दल संघीय समाजवादी फोरम संघीय सरकारमा सहभागी नै छ भने राजपाले संघीय सरकारलाई निसर्त समर्थन गर्दै २ नम्बर प्रदेशको सरकारमा सहभागी भएको छ। नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गर्दै संविधानलाई मानेर तीन चरणको चुनावमा सहभागी भएकोले विरोध मात्र गर्ने भएको हो।

‘तीन असोजमा विरोध कार्यक्रम गर्ने भन्ने बारेमा धेरै साथिहरुको भावना छ तर कसरी मनाउने भन्ने बिषयमा निर्णय भएको छैन’, राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेपाल समयसँग भने ‘अध्यक्ष मण्डलको मंगलबारको बैठकले मात्र निर्णय गर्नेछ।’

स्रोतका अनुसार ३ असोजमा विरोधको कार्यक्रम गर्ने सहमति भए पनि विरोधको कार्यक्रमको स्वरुप कस्तो हुने भन्ने बिषयमा निर्णय हुन सकेको छैन। स्रोतका अनुसार ३ असोजमा दिउँसो विरोधको कार्यक्रम गरेर बेलुकी ‘ब्लाक आउट’ गर्ने सहमति भएको छ। 

बैठकमा संघीय संसदीय समितिको क्षेत्राधिकार, अधिकार, स्वरुपको बारेमा छलफल भए पनि निष्कर्षमा पुगेको थिएन। बैठक चलिरहँदा सरकारद्वारा नेकपाका सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठीत वार्ता टोलीले परामर्श र सल्लाह गर्न समय लिए पछि बैठक स्थगित भएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।