शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पीएम कपमा पुलिसको दोस्रो जित, अर्को खेलमा सुदूरपश्चिम ३२ ओभरमै अलआउट

पीएम कपमा पुलिसको दोस्रो जित, अर्को खेलमा सुदूरपश्चिम ३२ ओभरमै अलआउट

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रयितोगितामा विभागीय टिम नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ। सोमबार मूलपानी मैदानमा सम्पन्न खेलमा पुलिसले प्रदेश १ लाई सात विकेटले हराउँदै जित निकालेको हो।
 |  सोमबार, कात्तिक १४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १४, २०७९

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रयितोगितामा विभागीय टिम नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ। सोमबार मूलपानी मैदानमा सम्पन्न खेलमा पुलिसले प्रदेश १ लाई सात विकेटले हराउँदै जित निकालेको हो।

National life

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ का सुजन थपलिया, कप्तान सिद्धान्त लोहनी र विशाल आचार्य शून्य रनमै आउट भएपछि सस्तैमा समेटिएको थियो।

३५ ओभर एक बलसम्म मात्र मैदानमा टिकेको प्रदेश १ ले १०२ रन बनाएपछि पुलिसले १०३ रनको सहज लक्ष्य पायो। मूलपानी मैदानमा प्रदेश १ का निरज मुखियाले २९ र अंकित सुवेदीले २४ रन बनाएका थिए।

दोहारो अंकमा रन बनाउनेमा विवेक मेहेता पनि रहे। उनले ४६ बलमा १७ रन जोडेका थिए। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउनै सकेनन्। यता पुलिसका लागि ललित राजवंशीले सर्वाधिक पाँच विकेट लिँदा सागर ढकाल र दिपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिएका थिए।

जवाफमा ओपनर सुनिल धमाला पहिलो बलमा आउट भए। अर्का ओपनर कुशल भुर्तेलले चाहिँ २८ बलमा ४२ रन बनाएका थिए। शंकर रानाले २९ रन बनाए भने दिपेन्द्र सिह ऐरी १४ रनमा अविजित रहे।

Laxmi sunrise bank
kumari

प्रदेश १ का फिर्दोष अन्सारी र सिद्धान्त लोहनीले समान १–१ विकेट लिए। सोमबार कीर्तिपुरको क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम ३२ ओभर चार बलमा १३९ रन बनाउँदै आउट भएपछि गण्डकी प्रदेशले पहिलो जित निकालेका छ। आठ विकेट गुमाउँदै २०८ रन बनाएर गण्डकीले प्रस्तुत गरेको  २०९ रनको लक्ष्य सुदूरपश्चिमले पुरा गर्न नसकेपछि उसले ६९ रनको हार बेहोरेको हो।

गण्डकीका लागि अर्जुन कुमालले ६३ र समिर कँडेलले २६ रन बनाएका थिए। सुदूरपश्चिमका  कैलाश अयर, नारायण जोशी र शेर मल्लले समान २–२ विकेट लिए।

जवाफमा सुदूरपश्चिमका मिलन बोहराले ५१ र  गजेन्द्र बोहराले ३५ रन बनाए पनि बाँकी खेलाडीले सम्झनलायक रन बनाउन सकेनन्। त्यसक्रममा गण्डकीका विपिन खत्रीले चार विकेट लिए भने सुवास भण्डारी र अभिषेक बस्नेतले समान २–२ विकेट लिए।

यो जितसँगै गण्डकीले दुई अंक बनाएको छ भने पुलिसले चार अंक जोडेको छ। समूह ए को एपीएफले पनि दुई अंक बनाएको छ।

प्रकाशित: Oct 31, 2022| 16:11 सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।