शुक्रबार, साउन १, २०८३

डिप्रेसन र आवेगमा आत्महत्या !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- १० भदौमा पोखराको पुम्दीभुम्दीस्थित कोदीकी कक्षा १० मा अध्ययनरत १८ वर्षीया सुस्मिता लामिछाने फेवातालमा मृत भेटिइन्। प्रहरी अनुसन्धानका क्रममा उनले फेवा तालमा हाम फालेर आत्महत्या गरेको खुलासा भयो। 

प्रदेश नम्बर ५ को उद्योग, बन तथा पर्यटन मन्त्रालयका उपसचिव विष्णुहरि अर्यालले आफू रोगी भएको भन्दै २० चैत २०७४ मा मृत भेटिए। उनले लेखेको सुसाइड नोटबाट आत्महत्या गरेको पत्ता लाग्‍यो।  

त्यस्तै ३० असारदेखि वेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको तनहुँको भिमाद नजिक सेती नदीमा घोप्टिएको अवस्थामा शव फेला पर्‍यो। उनी ९ असारबाट वेपत्ता भएका थिए। उनले श्रीमती अर्कैसँग लागेको भन्दै आत्महत्या गरेको सुसाइड नोटबाट खुलासा भयो। 

झापाकको बुधबारे सलिना ढकालले २०७४ सालमा एसईई परीक्षा दिइन्। तर, जब परीक्षाको नतिजा आयो, जुन नतिजा उनले स्वीकार गर्न सकिनन् र आत्महत्या गरिन्। 

त्यस्तै, केही महिना अघि मात्र बिहारको एक परिवारमा १४ वर्षीया किशोरीले आत्महत्या गरेकी थिइन्। आत्महत्याको कारण थियो, मोबाइल धेरै चलाएको भन्दै गाली  गर्नु। 

यी केही प्रतिनिधि उदाहरण मात्रै हुन्। किशोरकिशोरी मात्र होइन, परिपक्क महिला पुरुषले पनि आवेग तथा तनावमा मृत्युको बाटो रोज्‍ने डरलाग्दो मनोवृत्ति बढेको छ। यसलाई समयमै सम्बोधन नगर्ने हो भने यसले कहालीलाग्दो रुप लिने खतरा छ। 

हुन त आत्महत्या आफैमा एउटा अपराध हो। कुनै पनि बाहनामा यसको प्रोत्साहन तथा प्रवद्धर्न पनि गलत हो । तर यससँग जोडिएको पृष्ठभूमि र कथालाई हामीले उपेक्षा गर्न नमिल्ने मनोविद्हरु बताउँछन्। 

आज विश्व आत्महत्याविरूद्धको दिवस। विश्वभर नै आत्म-हत्याविरूद्ध विभिन्न नाराहरुसहित मनाउने र आत्महत्या न्यूनीकरण गर्न विभिन्‍न छलफल, बहस गोष्ठीहरु गरिन्छ। यस वर्षको आत्महत्या विरुद्धको नारा हो, ‘राइट फर हेल्थ’। यही नारासहित आज विभिन्न मनोसामाजिक सम्बन्धित संस्थाहरूले र्‍याली पनि आयोजना गरेका थिए। 

मनोविद् गोपाल ढकालका अनुसार विश्वमा वार्षिक ८ लाखभन्दा बढीले आत्महत्या गर्ने गरेका छन् भने नेपालमा आत्महत्या गर्नेको तथ्याकं वार्षिक ७ हजारको हाराहारीमा छ।
 
विश्वमा ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छन् भने नेपालमा प्रत्येक दुई  घण्टामा एक जनाले आत्महत्या गर्छन्। दुई तीन वर्ष अघि 'विश्‍व स्वास्थ्य संगठन' ले गरेको अध्ययन अनुसार (डब्लुएचओको ) नेपाल अत्याधिक आत्महत्या गर्ने १० देशभित्र पर्दछ। 

त्यस्तै, महिलाहरूले आत्महत्या गर्ने एसियाली मुलुकमा नेपाल दोस्रो स्थानमा छ। पछिल्लो  पाँच वर्ष यता १५ प्रतिशतले आत्महत्याको दर बढेको छ। 
  
आर्थिक वर्ष २०७४/७५ का अनुसार नेपालमा पाँच हजार तीन सय ४६ जनाले आत्महत्या गरेको छन्। जसमा दुई सय ५० जना बालबालिकाहरू थिए। दिनमा सरदर १२/१५ जनाले आत्महत्या गर्ने गरेको तथ्याकंले देखाएको छ। 

नेपालको हकमा ४५ वर्ष कटेका पुरूषहरु र ५५ वर्ष पुरा भएका महिलाहरूमा अझ जोखिम हुने पनि देखिएको छ। यसको प्रमुख कारण भने एक्लोपन र बुढ्यौली साथसाथै, विभिन्‍न रोगले ग्रस्त हुने रहेको मनोविद् ढकालले बताए।

१५ देखि ३९ वर्षबीचका युवा युवतीको सबैभन्दा बढी आत्महत्या गर्नेमा पर्छन्। यो तथ्य नेपालमा मात्र नभई संसारभर यही अनुपातमा छ।

आत्महत्याका कारण

आत्महत्याको प्रमुख कारण मानसिक रोग मानिन्छ। ९० प्रतिशत आत्महत्या मानसिक रोगको कारणले भएको मनोविद् ढकालले बताए। मानसिक रोग मध्ये पनि डिप्रेसनको कारणले ८० प्रतिशत आत्महत्या हुने गरेको छ। विश्वभर नै डिप्रेसनका रोगी बढ्दो छन् भने यही क्रममा आत्महत्या गर्ने प्रवृत्ति पनि बढ्दो छ। 

आवेग, अस्वस्थता, तीव्र प्रतिस्पर्धा, सामाजिक सञ्जालको क्रियाकलाप, मानसिक स्वास्थ सम्बन्धी कम जानकारी आदी कारणले मानसिहरू आत्महत्यालाई अँगाल्न बाध्य हुन्छन्। 

आवेग अहिलेको सबैभन्दा ठूलो आत्महत्याको कारण बनेको छ। यो प्रवृत्ति खासगरी बालबालिकामा देखिएको छ। आत्महत्या के हो भन्ने कुरा नै नबुझी धम्क्याउन र घुर्कायाउनका लागि उनीहरुले आत्महत्या गर्ने गरेका छन्। मनोविद् ढकालका अनुसार, 'फिल्मी' प्रभावले उनीहरू यस्तो गर्ने गर्छन्, जबकी उनीहरूलाई आत्महत्याबारे अनभिज्ञ हुन्छन्। 

आत्महत्याको प्रयास गर्नेको संख्यामा अझै पनि कमी आउनसकेको छैन। आवेगमा पनि आत्महत्या गर्ने सक्‍छन् भन्नेमा जनचेतनाको कमी छ। यदी बच्चाहरूले मर्छु जस्ता धम्की दिन्छन् भने, उनीहरूको वेवास्ताभन्दा पनि विशेष ख्याल गर्नुपर्नेमा मनोविद् ढकालको जोड छ। 

त्यस्तै, उनीहरूको मस्तिष्‍कबाट आत्महत्या जस्ता कुरा हटाउनु पर्छ।  बच्चाहरू, समाजिक घुलमिल नुहनु, कुरा नसुन्नाने, दुब्लाउदै जान्छन् भने अभिभावकले विशेष ध्यान जरूरी छ।

आत्महत्याको जोखिम किशोर-किशोरी तथा जेष्ठ नागरिकमा पनि यस प्रकारको प्रवृत्ति देखिन थालेको छ। प्रमुखतः ब्रेकप, परीक्षामा फेल वा अपेक्षाकृत नतिजा नआउँदा जस्ताकारणले किशोर-किशारी आत्महत्या रोज्छन्।

त्यस्तै, जेष्ठ नागरिकमा पनि यस प्रकारको  समस्या हाल देखिन थालेको छ। युवा पिढीको बढ्दो विदेशिने क्रमले एक्लोपन र त्यसले निम्त्याएको आत्महत्याको शिकार बनिरहेको छन्।

युवायुवतीमा भने परिवारिक जिम्मेवारी तथा करिअरलाई लिएर, यस्ता कदम उठाउने गरेको छन्। पारिवारिक झमेला, बेरोजगारी, दीर्घकालिन रोग तथा अन्य मानसिक तनाव पनि कारक तत्व रहेका छन्।  विवाहितभन्दा अविवाहितले आत्महत्या गर्ने धेरै देखिएको छ।  

कसरी रोकथाम गर्न सकिन्छ ? 

सामाजिकिकरणले निकै महत्वपूर्ण भूमिका खेल्दछ। त्यस्तै, मानसिक तथा दीर्घकालिन रोगीहरूको स्याहार-सुसारमा विशेष ध्यान पुर्‍याउनु पर्छ। घरपरिवारको साथ र सहयोग, जनचेतना बढाउने, सामाजिक हुन सिकाउने, मिडियामार्फत अभियान चलाउने आदी रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।