मंगलबार, फागुन १९, २०८२

इपिएल : आर्सनल शीर्षस्थानमा फर्कियो, रासफर्डको सय गोल पुरा

बिहीबार राति पिएसभी इन्दोवेनासँग हार बेहोरेको चौथो दिनमा सानदार जितसहित आर्सनल घरेलु लिगको शीर्षस्थानमा फकिएको हो।
 |  सोमबार, कात्तिक १४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १४, २०७९

काठमाडौं- गएको बिहीबार युरोपा लिगमा बेहोरेको हारबाट जिततर्फ लम्किएको आर्सनल फेरि प्रिमियर लिगको शीर्षस्थानमा फर्किएको छ। बिहीबार राति पिएसभी इन्दोवेनासँग हार बेहोरेको चौथो दिनमा सानदार जितसहित आर्सनल घरेलु लिगको शीर्षस्थानमा फकिएको हो।

घरेलु मैदानमा भएको खेलमा आर्सनलले पाहुना टिम नटम फरेस्टलाई ५–० ले हराएको हो। अघिल्लो खेलमा लिभरपुललाई हराएको टिमविरुद्ध ग्याब्रियल मार्टिनेलीले अग्रता दिलाएका थिए। उनको रिप्लेसमेन्टमा आएका रिस नेल्समले अग्रता दोब्बर बनाए। जुन नेल्सनको आर्सनलमा सन् २०२०को नोभेम्बरपछि पहिलो गोल बनेको छ।

खेलमा थोमस पार्टी र मार्टिन ओडेगार्डले पनि गोल थपेका थिए। यससँगै पाँच गोलको अग्रता बनाएर जित निकालेको आर्सनलले १२ खेलबाट ३१ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ।

आइतबार रातिको खेलमा गोल गरेका मार्कस रासफर्डले भने म्यानचेस्टर युनाइटेडबाट सय गोल पुरा गरेका छन्। गएराति वेस्टह्यामलाई हराउने क्रममा एकमात्र गोल गरेका राशफर्डले आफ्नो क्लबबाट सय गोल पुरा गरेका हुन्।

क्रिस्टियन एरिक्सनको पासमा उनले ३८औं मिनेटमा बनाएको अग्रता बचाउँदै युनाइटेडले जित निकालेको हो। यो जितसँगै युनाइटेडले ८५औं वार्षिकोत्सव मनाएको छ। सन् १९३७ यता चार हजार एक १६३ खेल खेलेको युनाइटेडले जहिले पनि आफ्नो एलिट एकेडेमीको खेलाडी उच्चस्तरको बनाउने गरेको बीबीसीले जनाएको छ। गएरातिको खेलसँगै राशफर्ड युनाइटेडका लागि सय गोल गर्ने २२औं खेलाडी बनेका छन्।

kumari

प्रकाशित: Oct 31, 2022| 08:46 सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।