काठमाडौं- मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन आज सार्वजनिक बिदा दिएको छ।
सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन मात्र बिदा दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको हो। आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुनेछ।
मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए।