सोमबार, वैशाख ७, २०८३

कोरियापछि कंगोमा अर्को भागदौड, आठ जनाको मृत्यु

दक्षिण कोरियामा भागदौड मच्चिँदा १५१ जनाको एकैचिहान भएकामा विश्व समुदाय स्तब्ध भएका बेला एउटा सांगीतिक कार्यक्रममा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पनि त्यस्तै प्रकृतिको घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

National life
kumari

कंगो- दक्षिण कोरियामा भागदौड मच्चिँदा १५१ जनाको एकैचिहान भएकामा विश्व समुदाय स्तब्ध भएका बेला एउटा सांगीतिक कार्यक्रममा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पनि त्यस्तै प्रकृतिको घटना हुँदा आठ जनाको मृत्यु भएको छ। 

कंगोको मार्टर्स रङ्गशालामा कङ्गोका गायक फाली इपुपाको साङ्गीतिक कार्यक्रमका क्रममा भएको भागदौडमा एक प्रहरीसहित आठ जनाको मृत्यु भएको किन्सासाका प्रहरी प्रमुख जनरल सिल्भेन कासोन्गोले बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार ८० हजार सिट क्षमता भएको रङ्गशाला पूर्ण खचाखच भरिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। 

प्रकाशित: Oct 30, 2022| 21:25 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।