सोमबार, वैशाख ७, २०८३

सोमालियाको आतंकवादी हमलाको निन्दा

आठ सदस्यीय पूर्वी अफ्रिकी समूह (आईजीएडी)ले सोमालियाको राजधानीमा भएको घातक आतंकवादी हमलाको निन्दा गरेको छ।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

सोमालिया- आठ सदस्यीय पूर्वी अफ्रिकी समूह (आईजीएडी)ले सोमालियाको राजधानीमा भएको घातक आतंकवादी हमलाको निन्दा गरेको छ।

National life

सोमालियाको शिक्षा मन्त्रालयको भवनमा शनिबार भएको दुई कार बम विस्फोटमा कम्तीमा एक सय जनाको मृत्यु हुनुका साथै तीन सयभन्दा बढी घाइते भएका छन्। 

आतंकवादी हमलाबाट ज्यान गुमाएकाहरूका परिवारजनप्रति गहिरो दुःख व्यक्त गर्दै समूहले जघन्य अपराधको कडा शब्दमा निन्दा गरेको छ। समूहले सोमालिया सरकार, त्यहाँका  जनता र शोकसन्तप्त परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। 

अल–कायदासँग सम्बन्धित अल–शबाब चरमपन्थी समूहले आक्रमणको जिम्मेवारी लिएको छ। सोमालियाका राष्ट्रपति र सुरक्षा अधिकारीलगायत सङ्घीय सदस्य राष्ट्रका नेता अल–शबाबविरुद्ध चलिरहेको आक्रामक कारवाहीबारे छलफल गर्न बैठक गरिरहेका बेला कार बम विस्फोट भएको थियो।

प्रकाशित: Oct 30, 2022| 21:45 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।