आइतबार, असार ७, २०८३

संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको हो : पूर्वमन्त्री आचार्य

नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले आइतबार टोखामा आयोजना गरेको ‘खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम’ मा उनले कांग्रेस नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्नका लागि वर्तमान गठबन्धन निर्माण भएको बताए।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नरहरि आचार्यले संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको बताएका छन्। नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले आज टोखामा आयोजना गरेको ‘खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम’ मा उनले कांग्रेस नेतृत्वमा निर्माण भएको संविधानको रक्षा गर्नका लागि वर्तमान गठबन्धन निर्माण भएको बताए। 

National life

'मुलुकलाई अप्ठ्यारो पर्दा हरेक समय कांग्रेसले निकास दिँदै आएको छ, समृद्ध मुलुक निर्माणमा पनि कांग्रेसले नेतृत्व गर्छ,' उनले भने। नेता आचार्यले खेलाडीले आफ्नो ऊर्जावान् समयमा देशलाई खेलकुद क्षेत्रबाट गरेको योगदानको उच्च सम्मान गर्नुभयो। खेलकुदमार्फत राष्ट्रलाई चिनाउन खेलाडीको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो। 

कांग्रेस नेता एवं काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप पौडेलले हरेक युवालाई खेलकुद क्षेत्रमा जोड्न जरुरी रहेको बताए। 'खेलकुदले समाज र देशलाई चिनाउँछ, व्यक्तिलाई अनुशासित बनाउने काम गर्छ, खेलकुदको सकारात्मक पक्षलाई हाम्रो समाजमा स्थापित गर्र्नु जरुरी छ,' उनले भने। 

नेता पौडेलले युवामैत्री सहर निर्माण गर्न खेलकुदमैत्री वातावरण निर्माण गर्नुपर्ने बताए। युवाको व्यक्तित्व विकासका लागि खेलकुद क्षेत्रमा सरकारले लगानी गर्नुपर्ने उनको भनाइ छ। उनले टोखामा उत्पादन हुने चाकूलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजाने आफ्नो योजना रहेको सुनाए। 

काठमाडौँ क्षेत्र नं ५ लाई सांस्कृतिक सहरका रुपमा विकास गरिने उहाँको भनाइ थियो। नेता पौडेलले सांसद विकास कोषलाई पारदर्शी ढङ्गले सञ्चालन गर्ने बताए। संघका सचिव मनिष जोशीले मुलुकको खेलकुद क्षेत्रको विकासका लागि नेपाल लोकतान्त्रिक खेलकुद संघले खेलाडीलाई ऊर्जा थप्नका लागि विभिन्न कार्यहरु गर्दै आएको जानकारी दिए। 

Shivam cement

कार्यक्रममा फुटबलका खेलाडी रामचन्द्र श्रेष्ठ, मनिन्द्रराज जोशी, वक्सिङका खेलाडी अर्जुनबहादुर केसी, पुष्पराज जोशी, क्रिकेटका खेलाडी पारस खड्का, पर्वतारोही पूर्णीमा श्रेष्ठलगायत तीन दर्जनभन्दा बढी खेलाडीलाई सम्मान गरिएको थियो। 


प्रकाशित: Oct 30, 2022| 23:15 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...