आइतबार, असार ७, २०८३

प्रदीपको टीमले मात्र काठमाडौं-५ को विकास गर्न सक्छ : नरहरी आचार्य

आइतबार नेपाल लोकतान्त्रीक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले युवाहरुको टीमलेमात्र विकासको ढोका खुलाउन सक्ने बताएका हुन्।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका बौद्धिक नेता नरहरी आचार्यले काठमाडौं-५ को विकास प्रदीप पौडेलको टीमले मात्र गर्न सक्ने बताएका छन्। आइतबार नेपाल लोकतान्त्रीक खेलकुद संघले आयोजना गरेको खेलाडी सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले युवाहरुको टीमलेमात्र विकासको ढोका खुलाउन सक्ने बताएका हुन्। 

National life

‘काठमाडौं ५ मा युवाहरुको बलियो टीम छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘यो टीमले जितेमात्र काठमाडौं ५ मा विकासका ढोका खुल्न थाल्छन्।’ 

साथै, कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रलाई हुबहु कार्यान्वयन गराउनका लागि पनि प्रदीपले जित्नैपर्ने उनले बताए। ‘कांग्रेसले सार्वजनिक गरेका प्रतिवद्धतालाई पुरा गर्न अब ५ वर्ष प्रदीप जीले घचघच्याउनुहुनेछ,’ आचार्यले भने। 

अहिले भएको चुनावी गठबन्धन देशलाई संकटबाट बचाउनका लागि भएको उनले प्रष्ट पारे। त्यसैले गठबन्धनप्रति जिम्मेवार रहन कार्यकर्तालाई आग्रहसमेत गरे।  ‘जब–जब देशलाई संकट पर्छ त्यतिबेला कांग्रेसले नै नेतृत्व गर्दै आएको छ,’ आचार्यले भने, ‘अहिलेको गठबन्धन पनि कांग्रेसले खोजेर भएको होइन त्यस्तै परिस्थितिले उब्जाएको हो। त्यसैले गठबन्धनप्रति सबैजना जिम्मेवार बनौँ।’ 

साथै, अहिलेसम्म भएका निर्वाचन कांग्रेसकै नेतृत्वले गर्दै आएको पनि उनले स्मरण गरे। ‘नेपालमा कांग्रेसबाहेक अन्य पार्टीले निर्वाचन गराउन सकेका छैनन्,’ उनले भने, ‘लोकतन्त्रको रक्षा र निर्वाचन गर्नका लागि कांग्रेसकै नेतृत्व चाहिने रहेछ भन्ने प्रमाणित भएको छ।’ 

Shivam cement

त्यसैले मंसिर ४ गतेको निर्वाचनमा नेपाली कांग्रेसलाई सम्झिएर मतदान गर्न काठमाडौं ५ का मतदातालाई आचार्यले आह्वानसमेत गरे।  झण्डै ५ वर्षयता स्वास्थ्यलाभ गरिरहेका आचार्य लामो समयपछि जनतामाझ साक्षात्कारका लागि उपस्थित भएका हुन्। कार्यक्रममा खेलाडीहरुलाई सम्मान गर्दै खेलाडीको मेहेनतले देशकै गरिमा बढाउने बताए।

‘राष्ट्रको पहिचान गराउने एउटा सशक्त माध्यम खेल नै हो,’ उनले भने, ‘खेलाडीले नै देशको गरिमा बढाउने हुन्।’ कार्यक्रममा विशेष अतिथिका रुपमा युवा नेता तथा काठमाडौं प्रतिनिधि सभा ५ का उम्मेदवार प्रदीप पौडेल उपस्थित थिए। 

कार्यक्रममा बोल्दै पौडेलले  खेलकुदमा लगानी बढाएर सबै युवाको खेलकुदमा पहुँच हुने अवस्था सिर्जना गर्ने प्रतिवद्धता व्यक्त गरे। ‘हरेक युवालाई खेलकुदसँग जोड्न चाहन्छौँ,¬’ उनले भने, ‘समाजमा बाहुबली नेतृत्व ल्याउने होइन विधिवत प्रतिस्पर्धाले नेतृत्व ल्याउने हो भन्ने मान्यता समाजमा स्थापित गर्नु पर्नेछ। त्यो खेलकुदको माध्यमबाट सम्भव छ।’  

त्यसैले खेलकुदको विकासदेखि समग्र काठमाडौँ ५ को विकासका निम्ति बाम लोकतान्त्रिका उम्मेदवार विजयी हुनुपर्ने प्रदीपको जोड छ। ‘विगतलाई हेरेर अब मतदाताले मूल्यांकन गर्न सक्नुपर्छ,’ प्रदीपले उद्घोष गरे, ‘जसले आफूमाथि बेइमानी गर्दैन भन्ने लाग्छ उसैलाई मत दिनुस् अब क्रान्तिबाट परिवर्तन आउँदैन परिवर्तन ल्याउने भनेको आवधिक निर्वाचनले नै हो।’ 

टोखामा आयोजित उक्त कार्यक्रममा बोल्दै प्रदीपले टोखामा उत्पादन हुने चाकुलाई अन्तराष्ट्रिय बजारमा पुर्याउने प्रतिवद्धता व्यक्त गरे। ‘टोखाको चाकु स्वदेशी बजारमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पुर्याउनेछौँ,’ उनले भने, ‘टोखा पुरानो नेवारी बस्ती पनि हो यहाँको सभ्यता र संस्कृतिको विकासका लागि अध्ययन गर्नेछौँ।’ 

त्यस्तै, काठमाडौँ ५ लाई साँस्कृतिक सहर निर्माण गर्न सुक्ष्म अध्ययन गरिने उनले बताए। ‘हामी काठमाडौं ५ लाई कसरी साँस्कृतिक सहर बनाउन सकिन्छ त्यसबारेमा सुक्ष्म अध्ययन गर्नेछौँ,’ प्रदीपले आफ्ना योजना सुनाए, ‘यहाँका विकासका सम्भावनाको खोजी र अध्ययन गर्नेछौँ, संसद विकास कोषको पैसा वार्षिक सार्वजनिक अडिट गर्ने व्यवस्था मिलाउँने छौँ, हाम्रको कामको मूल्यांकन गर्न टोलटोलमा समिति बनाउँनेछौँ।’

लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सचिव मनिष जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्रिकेटर पारस खड्का, फुटबलर रामचन्द्र श्रेष्ठ, मनिन्द्रराज जोशी बक्सिङका अर्जुनबहादुर केसी, पुष्पराज जोशी, पर्वतारोही पूर्णिमा श्रेष्ठ र नवौँ राष्ट्रिय खेलकुदको विभिन्न विधामा पदक विजेतासहित ४० जना खेलाडीलाई सम्मान गरिएको थियो।

प्रकाशित: Oct 30, 2022| 19:36 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...