आइतबार, असार ७, २०८३

सोमबार घोषणापत्र ल्याउँदैछ राप्रपा

राप्रपा र एमालेका अध्यक्ष उम्मेदवार बनेको क्षेत्रमा आपसी तालमेल छ।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। सोमबार थापागाउँस्थित बानेश्वर बैंक्वेटमा एक कार्यक्रम गरी घोषणापत्र सार्वजनिक गर्न लागिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्। 

National life

अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्नेछन्। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र ल्याउन लागेको हो। 

राप्रपाले देशका अधिकांश स्थानमा उम्मेदवार खडा गरेको छ। यद्यपि आफू बलियो भएका प्रतिनिधि सभाका तीन वटा क्षेत्रमा भने एमालेसँग तालमेल गरेको छ। तीन स्थानमा एमालेको समर्थन आफूलाई जुटाउँदा उसले ११ स्थानमा भने एमालेका उम्मेदवारलाई सघाउने निर्णय गरेको छ। 

राप्रपा र एमालेका अध्यक्ष उम्मेदवार बनेको क्षेत्रमा आपसी तालमेल छ। झापा-३ मा राप्रपाबाट उम्मेदवार बनेका लिङ्देनलाई एमालेले सघाउँदा झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गर्ने उनीहरूको सहमति छ। 

हलो चुनाव चिह्न लिएको राप्रपाले हिन्दू राष्ट्र र राजतन्त्रको मुद्दा उठाउँदै आएको छ। 

Shivam cement

प्रकाशित: Oct 30, 2022| 19:33 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...