सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पुस्तक बिक्रीको रकम मानव सेवा आश्रमलाई दिने डा कैनीको घोषणा

पुस्तक बिक्रीको रकम मानव सेवा आश्रमलाई दिने डा कैनीको घोषणा

कृतिबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धारका साथै खाना, नाना र छानाको प्रबन्ध गरी परिवार खोजेर पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमलाई दिने उनको घोषणा छ।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं- नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत प्राडा बच्चुकैलाश कैनीले आफ्ना कृतिहरूको बिक्रीबाट आएको सबै रकम मानवीय सेवामा अर्पण गर्ने घोषणा गरेका छन्। डा कैनीका 'अदृश्य मनका सादृश्यहरू' (निबन्धसङ्ग्रह), 'सिमाहीन सिमा र रङ्गको पहिचान' (कवितासङ्ग्रह), 'भिसागर्ल' (कथासङ्ग्रह) र 'प्रतिबिम्ब' (गजलसङ्ग्रह) गरी एकै पटक ५ कृति सार्वजनिक गरिएको थियो। वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदीलगायतका विशिष्ट व्यक्तिहरुबाट पाँच वटा पुस्तकको एकसाथ विमोचन भएको थियो।

National life

कृतिबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धारका साथै खाना, नाना र छानाको प्रबन्ध गरी परिवार खोजेर पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमलाई दिने उनको घोषणा छ। 

पुस्तक विमोचनका अबसरमा उठेको २१ हजार ८६० रुपैयाँ आश्रमका केन्द्रीय सदस्य सुमिरा लामालाई हस्तान्तरण गरिसकेका छन्। उक्त सहयोगले सहयोगापेक्षी (सडकआश्रित) मानवको पालनपोषण भइरहेको जानकारी गराउँदै डा कैनीको घोषणाले आश्रमलाई थप हौसला मिलेको बताए।

'मेरा यी पाँच वटै कृति बिक्रीबाट आएको सबै पैसा म मानवसेवा आश्रमका लागि अर्पण गर्नेछु,' डा कैनीले भने, 'आश्रमको सेवालाई यसले थोरै भए पनि सहयोग पुग्ने अपेक्षा छ।' वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले एकैपटक पाँच कृति ल्याएकोमा डा कैनीलाई बधाई दिए।

मानवसेवा आश्रमले एक दशकदेखि सडकपेटी र सार्वजनिक स्थलहरूमा घरपरिवार र आफन्तविहीन भई कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर) सडकआश्रित मानवहरूको उद्धार, उपचार एवं परामर्श गर्दै आइरहेको छ।

आश्रमले परामर्शका क्रममा परिवार भेटिएकाको पारिवारिक पुनःमिलन र परिवार नभेटिएकाको संरक्षण गर्दै आएको छ।

प्रकाशित: Oct 30, 2022| 18:49 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।