शनिबार, वैशाख २२, २०८१

भलिबलको 'शक्तिकेन्द्र' बन्ने ध्याउन्नमा एपीएफ

एपीएफले समूहमा जितेको महत्वपूर्ण खेलहरुमध्ये एक थियो त्यो। त्यति मात्र होइन, उसले महिला पुरुष दुवै फुटबल र महिलातर्फको भलिबलमा पनि स्वर्ण जित्यो।
 |  सोमबार, कात्तिक १४, २०७९

विनय सापकोटा

विनय सापकोटा

सोमबार, कात्तिक १४, २०७९

काठमाडौं- नवौं राष्ट्रिय खेलकुदको अन्तिम दिन विभिन्न खेलका फाइनल भए। उक्त दिन अधिकांश सामूहिक खेलका फाइनल भएका थिए। नेपाली खेल जगतमा धेरै चर्चा पाउने सामूहिक खेलमध्येका हुन फुटबल र भलिबल। कार्तिक ३ गते पोखरा रंगशालामा खेल हेर्न पुगेका समर्थकबाट पनि थाहा हुन्छ-  नेपालमा यी खेलप्रति कति क्रेज छ।

triton college

पोखरामा दिउँसोको घाम चर्किँदै गर्दा एपीएफको पुरुष भलिबल टिमले स्वर्णपदक जितेको थियो। पहिलो सेट र तेस्रो सेटमा २५ बाट अंक उकालो लागेपछि मात्रा एपीएफले जितेको थियो। यद्यपि उसको जित सोझो सेटमा भएको थियो। फाइनल खेलमा सोझो सेटमा जित निकाल्नु सानो कुरा हो र? पक्कै होइन। त्यसमाथि आर्मीविरुद्ध।

राष्ट्रिय खेलकुदमा दबदबा बनाइरहेको थियो आर्मीले। एपीएफले समूहमा जितेको महत्वपूर्ण खेलहरुमध्ये एक थियो त्यो। त्यति मात्र होइन, उसले महिला पुरुष दुवै फुटबल र महिलातर्फको भलिबलमा पनि स्वर्ण जित्यो। 

टिमका लागि यो कति हर्षको कुरा थियो? टिम इभेन्टमा एपीएफको स्वर्ण पदकले कस्तो अर्थ राखेको छ? प्रश्नको जवाफमा एपिएफ भलिबल टिमका कप्तान महेन्द्र श्रेष्ठले भने, ‘राष्ट्रिय खेलकुदमा एपीएफ सबैजसो इभेन्टको फाइनलमा पुग्यो। हामीले भलिबलमा स्वर्ण जित्यौँ। महिला भलिबल, पुरुष  र महिला फुटबलजस्तो प्रतियोगितामा हामीले जित्नु गर्वको कुरा हो।’

प्रकाशित: Oct 31, 2022| 19:26 सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।