आइतबार, असार ७, २०८३

निर्वाचन आयोगले छाप्यो २ करोड ३६ लाख मतपत्र

प्रदेश सभातर्फ प्रत्यक्षका १ करोड १७ लाख ८२ हजार ५ सय मतपत्र छापिएको आयोजले जानकारी दिएको हो। हालसम्म कूल २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छापिएका छन्।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९
National life
Shivam cement

काठमाडौं- निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)का लागि प्रतिनिधि सभातर्फ १ करोड १८ लाख ९८ हजार मतपत्रको छपाई सम्पन्न गरेको छ। प्रदेश सभातर्फ प्रत्यक्षका १ करोड १७ लाख ८२ हजार ५ सय मतपत्र छापिएको आयोजले जानकारी दिएको हो। हालसम्म कूल २ करोड ३६ लाख ८० हजार ५ सय मतपत्र छापिएका छन्।

कात्तिक १३ गते सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बझाङ, बैतडी र दार्चुलामा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र ढुवानी हुनेछ।

यसैगरी, यी जिल्लामध्ये समानुपातिकतर्फको मतपत्र ढुवानी हुन बाँकी रहेका जिल्लामा समानुपातिकतर्फको पनि मतपत्र पनि चाँडै ढुवानी गरिने आयोगले जानकारी दिएको छ। यी जिल्लामा निर्वाचन गराउन खटिने कर्मचारीका लागि आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र पनि ढुवानी हुनेछ।

प्रकाशित: Oct 30, 2022| 17:28 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...