शनिबार, जेठ ५, २०८१

पीएम कपमा पुलिस र एपीएफ विजयी

काठमाडौंमा जारी प्रधामन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफ र पुलिसले विजयी सुरुवात गरेका छन्।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं- काठमाडौंमा जारी प्रधामन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफ र पुलिसले विजयी सुरुवात गरेका छन्।

triton college

आइतबार दिउँसो कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ५६ रनले हराउँदै विजयी भएको हो। खेलमा पहिले ब्याटिङ गरेको एपीएफ २१९ मा अलआउट भएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर ४ बल खेल्दै सम्पूर्ण विकेट गुमाएर २१९ रन बनायो।

जितका लागि २२० रनको लक्ष्य पाएकोमा आर्मीले ३२ ओभर १ बल खेल्दै १६३ रन बनाएर सम्पूर्ण विकेट गुमाएपछि खेल एपीएफले जितेको हो। आर्मीका लागि हरि चौहानले ६५ र रोहित पौडेलले ५१ रनको योगदान दिए। एपीएफका अमर रौटेला, कमल सिंह ऐरी र किशोर महतोले क्रमशः ४, ३ र २ रन बनाए।

पहिलो पारीमा ओपनर प्रदीप ऐरीले ७१ रनको अर्धशतकीय पारी खेले। अर्का ओपनर आशिफ शेख चाहिँ ९ रनमै आउट भए भने लोकेश बमलाई पहिलो बलममै विक्रम शोबले पेबेलियन फर्काए।

भुवन कार्कीले २५ रन बनाउँदा प्रदीपसँग ७० रनको साझेदारी गरेका सन्दीप जोराले ५० रन जोडे। एपीएफका कप्तान शरद भेषावकरले १६ र अमर रौटेलाले १० रनको योगदान दिए।

corrent noodles
Metro Mart

यता आर्मीका लागि १० ओभर खेलेका शाहब आलम र कुशल मल्लले समान २–२ विकेट लिएका थिए। विक्रक शोबले चार विकेट गिराउँदा सुशन भारी र जितेन्द्र मुखियाले पनि एक विकेट लिए।

उता काठमाडौंको मूलपानीमा आजै भएको खेलमा पुलिस क्लबले बागमती प्रदेशलाई हराएको छ।

ब्याट्स्मेन दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेलेपछि बागमती प्रदेशले २९० रनको लक्ष्य पाएको थियो। पुलिसले पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर २८९ रन बनाएपछि बागमतीको भागमा २९० रनको लक्ष्य परेको थियो। 

जवाफी खेलमा बागमतीले २८ ओभरमा ९७ रन मात्रै बनाएपछि पुलिसले ठूलो अन्तरको जित हात पारेको हो। पहिले ब्याटिङको निम्तो पाएको पुलिसका लागि दीपेन्द्रले ८२ बलमा ११ चौका र चार छक्का सँगै १०८ रनको बनाएका थिए। ओपनिङमा आएका सुनील धमला र कुशल भुर्तेलले समान ३७/३७ रन बनाएका थिए। सो क्रममा सुनीलले २३ बल खेले भने कुशलले ७२ बलको सामना गरे।

यता, योगेन्द्रसिंह कार्कीले १६ र आरिफ शेखले ३६ रनको सामना गरेका थिए। बागमतीका लागि नन्दन यादवले दुई विकेट गिराउँदा रामनशेर गिरी, सूर्य तामाङ र सोनु देवकोटाले समान १-१ विकेट गिराएका थिए। इशान पाण्डेले २४ रन बनाउँदा रामनरेश गिरीले २२ रनको योगदान दिए। बाँकी खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्। जितसँगै पुलिस र एपीएफले समान २–२ अंक जोडेका छन्।

आजबाट त्रिवि मैदान र मूलपानीमा सुरु भएको क्रिकेट आगामी कार्तिक २६ गतेसम्म चल्नेछ। यो प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछन्।

प्रकाशित: Oct 30, 2022| 17:07 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।