मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सोमालियामा बम विष्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या सय पुग्यो, तीन सय घाइते

सोमालियामा बम विष्फोट हुँदा मृत्यु हुनेको सङ्ख्या सय पुग्यो, तीन सय घाइते

'अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ र ३०० जना घाइते भएका छन्। साथै मृत्यु र घाइते दुवैको सङ्ख्या अझै बढिरहेको छ,' उनले भने।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

मोगादिसु- सोमालियाको राजधानी मोगादिसुको व्यस्त चोकमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ। राष्ट्रपति हसन शेख मोहमुदले आइतबारसम्म तीन सय जना घाइते भएकोसमेत जानकारी दिएका छन्। 

'अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ र ३०० जना घाइते भएका छन्। साथै मृत्यु र घाइते दुवैको सङ्ख्या अझै बढिरहेको छ,' उनले भने। 

प्रत्यक्षदर्शीहरूले भने आक्रमणमा मारिनेको सङ्ख्या १०० भन्दा बढी पुगिसकेको बताएका छन्। सोमालियाको व्यस्त जोब जक्सन नजिकै केही मिनेटको अन्तरालमा विस्फोटक पदार्थले भरिएका दुईवटा कारमा बम विष्फोट भएको थियो भने सोमालियाको शिक्षा मन्त्रालयलाई लक्षित गरी गोली चलाइएको थियो। 

शनिबार दिउँसोको विस्फोटनले नजिकैका भवनका झ्यालहरू भत्किएका, धुवाँ र धूलोको मुस्लो हावामा उडेको देखिएको थियो।

सन् २०१७ को अक्टोबर १४ मा विस्फोटक पदार्थले भरिएको ट्रकमा विस्फोट हुँदा ५१२ जनाको मृत्यु हुनुका साथै २९० भन्दा बढी घाइते भएका थिए। मोहमुदले उक्त घटनालाई ‘इतिहास’ को संज्ञा दिँदै भने, 'यो एउटै ठाउँ हो, र उनै निर्दोष व्यक्तिहरूलाई यसमा संलग्न गराइएको छ। यो ठीक होइन। ईश्वरको कृपाले उनीहरूसँग अर्को ठूलो घटना गर्न सक्ने क्षमता हुनेछैन। उनले आक्रमण इस्लामिक समूह अल–शबाबले गरेको हुन सक्ने सङ्केत गरेका छन्।

kumari

प्रकाशित: Oct 30, 2022| 16:33 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।