शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालुवाटारमा प्रचण्डको दिल्ली ब्रिफिङ, ओली क्याम्पमा तरंग

बालुवाटारमा प्रचण्डको दिल्ली ब्रिफिङ, ओली क्याम्पमा तरंग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं : चारदिने दिल्ली यात्रा भ्रमण सकेर आइतबार स्वदेश फर्किएका नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री केपीशर्मा ओलीलाई दिल्ली भेटवार्ताको ब्रिफिङ गरेका छन्।

एक घण्टा लामो भेटमा प्रचण्डले भ्रमण अत्यन्त सफल भएको बताउँदै सरकार र पार्टी एकता दुवैलाई यसले बल पुग्ने बताएको स्रोतले जनायो। अत्यन्त प्रशन्न मुद्रामा प्रस्तुत भएका प्रचण्डले बाहिर चर्चा भएजस्तो आफ्नो दिल्ली यात्राबाट कुनै खतरा महसुस नगर्न आग्रह गर्दै ओलीलाई आश्वस्त पार्ने प्रयास गरेका थिए। ओलीले यसमा खासै प्रतिक्रिया दिएनन्।

दुई नेताबीचको भेटमा बुधबार सचिवालयको बैठक बोलाउने सहमति भएको छ। प्रचण्डले सो बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउने कार्यक्रम रहेको स्रोतले बतायो। त्यसैगरी तल्ला कमिटी तथा जनवर्गीय संगठनको एकताका विषयमा पनि बैठकमा छलफल हुने भएको छ। 

प्रचण्डको दिल्ली यात्रा र त्यहाँ भएको उच्चस्तरीय सघन संवादले ओली क्याम्प तरंगित भएको छ। प्रचण्डको दिल्ली यात्राले एकिकरणको गति र सत्ता समिकरणमा समेत ढिलोचाँडो असर पर्ने अनुमान र आशंका पार्टीभित्र गर्न थालिएको छ। ओलीको विकल्पको रुपमा दिल्लीले प्रचण्डलाई उपयोग गर्न थालेको चर्चा पनि भइरहेको छ।

भदौं २० गते बालुवाटार छिरेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दिल्ली यात्राको आकस्मिक योजना सुनेपछि त्यतिबेला नै अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली झस्किएका थिए। प्रचण्डले दिल्लीको निमन्त्रणामा त्यसतर्फ जान लागेको सुनाए। ओलीले त्यसमा खासै रुचि देखाएनन् र नजानुस् भन्न पनि सकेनन्।

त्यसपछि प्रचण्डको दिल्ली भेटवार्ता बारे सामान्य छलफल भयो ओलीले यतिमात्रै भने, ‘पार्टी एकिकरण सकिएपछि जाँदा राम्रो हुन्थ्यो।' तर प्रचण्डले यसमा खासै जवाफ फर्काएनन्। उनले आफ्नो भारत भ्रमणले एकिकरणमा कुनै प्रभाव नपर्ने भन्दै दिल्लीबाट फर्केपछि विस्तारमा कुरा गर्ने बताए। यति भनेर प्रचण्ड बालुवाटारबाट फर्किएका थिए। त्यसपछि प्रचण्ड र ओलीबीच खासै संवाद भएन। 

प्रचण्डको भारत भ्रमण रोक्नका लागि ओली क्याम्पबाट विभिन्न प्रयास भएका थिए। तर प्रचण्डले त्यसलाई वास्ता गरेनन्। दिल्ली पुगेपछि प्रचण्डलाई जुन सत्कार र उच्चस्तरीय संवादको सहज प्रवन्ध मिलाइयो, त्यसले ओली क्याम्प थप झस्किएको छ। प्रचण्डको दिल्ली यात्रा र त्यसको संभावित परिणामबारे ओली क्याम्पभित्र छलफल शुरु भएको छ।

प्रचण्डको भारत भ्रमणको बेला विमस्टेकका राष्ट्रहरुबीच संयुक्त सैन्य अभ्यासमा नेपाल सहभागी नहुने प्रधानमन्त्रीले घोषणा गरे। जब कि काठमाडौंमा सम्पन्न चौंथो विमस्टेक सम्मेलनको घोषणापत्रमा संयुक्त सैन्यअभ्यास गर्ने समझदारी भएको थियो। तर, संयुक्त सैन्य अभ्यासमा नेपाली सेना पर्यवेक्षकको रुपमा मात्र सहभागी हुने भएपछि यो निर्णयमा प्रचण्ड-ओलीबीच चिसोपन बढेको टिप्पणी हुन थालेको छ। संयुक्त सैन्य अभ्यास भारतको विशेष इच्छामा विमस्टेकमा एजेन्डाका रुपमा प्रस्तुत गरिएको थियो।

एमाले र माओवादीबीच केन्द्रमा एकीकरण भए पनि तल्ला कमिटीहरुको समायोजन हुन बाँकी छ। यस्तो अवस्थामा प्रचण्डको भारत भ्रमाणलाई लिएर तनाव बढेको छ। एकीकरण नसकिनु तथा प्रचण्डले वामदेव गौतमलाई संसदमा प्रवेश गराउन पहल गर्नुलाई पार्टीभित्र पनि अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।