शनिबार, कात्तिक २९, २०८२

एपीएफ २१९ मा अलआउट, आर्मीलाई २२० को लक्ष्य

टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर चार बल खेल्दै सम्पूर्ण विकेट गुमाएर २१९ रन बनाएको हो।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं- प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतयोगिताअन्तर्गत त्रिवी क्रिकेट मैदानमा जारी खेलमा एपीएफ क्लब २१९ मा अलआउट भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर चार बल खेल्दै सम्पूर्ण विकेट गुमाएर २१९ रन बनाएको हो।

National life

अब जितका लागि त्रिभुवन आर्मी क्लबले २२० रन बनाउनु पर्ने भएको छ। पहिलो पारीमा ओपनर प्रदिप ऐरीले ७१ रनको अर्धसतकिय पारी खेलेका थिए। अर्का ओपनर आशिफ शेख ९ रनमै आउट भए भने लोकेश बमलाई पहिलो बलमै विक्रम शोबले पेवेलियन फर्काए।

भुवन कार्कीले २५ रन बनाउँदा प्रदिपसँग ७० रनको साझेदारी गरेका सन्दिप जोराले ५० रन जोडेका थिए। एपीएफका कप्तान शरद भेषावकरले १६ र अमर रौटेलाले १० रनको योगदान दिए।

यता आर्मीका लागि १० ओभर बल फालेका शाहब आलम र कुशल मल्लले समान २–२ विकेट लिएका थिए। विक्रक शोबले चार विकेट गिराउँदा सुशन भारी र जितेन्द्र मुखियाले पनि एक विकेट लिए।


प्रकाशित: Oct 30, 2022| 13:26 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।