नेपालगञ्ज- नेपालगञ्जमा चुरा गोदाममा आगलागी हुँदा एक जनाको ज्यान गएको छ। आगलागीमा परी अर्का एक जना घाइते भएका छन्।
आगलागीबाट धनमालमा समेत ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। आइतबार बिहान करिब ५:४० को समयमा नेपालगञ्ज-५ रामनगरमा राजनकुमार नागको घरमा रहेको मो आरिफ अन्सारीको चुराको गोदाममा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
अन्सारीले गोदामका लागि भाडामा लिएको सो घरमा आगलागी हुँदा गम्भीर घाइते भएर उपचारका लागि भेरी अस्पताल पुर्याइएका बर्दिया मधुवन नगरपालिका-८ बस्ने २३ वर्षीय समीर वलीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।
घाइते गोदाम सञ्चालक आरिफ अन्सारीको भेरी अस्पतालमा उपचार इरहेको बाँके प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए।