काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीले शपथ ग्रहण गराएकी हुन्।
मिश्रले आजै शपथ लिए लगत्तै पदभार ग्रहण गर्ने जनाइएको छ। सोमबार बसेको संसदीय सुनुवाई बिशेष समितिको बैठकले मिश्रलाई प्रधान्यायाधीशमा सर्बसम्मत नियुक्तिका अनुमोदन गरेको थियो।
यस भन्दाअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदबाट सिफारिस गरिएका दीपकराज जोशी समितिबाट अस्वीकृत भएका थिए। उनी अस्वीकृत भएपछि मिश्रले सर्बोच्च अदालतका कामु प्रधान्याधीशका रुपमा काम गर्दै आएका थिए।
संसदीय समितिमा उनीविरुद्ध तीनवटा उजुरी परेका थिए। ती उजुरीका सम्बन्धमा समितिले सोमबारै मिश्रलाई बैठकका बोलाएर जानकारी लिईएको थियो ।
मिश्रले समितिको बैठकमा बोल्दै आफु भ्रष्टाचार विरुद्ध लड्ने घोषणा गरेका थिए।
उनले सबै क्षेत्रमा न्यायाको पहुच पुर्याउने प्रतिवद्धता प्रकट गरेका थिए। प्रधान्यायाधीश मिश्रले अव राष्ट्रपतिबाट शपथ लिएपछि पदबाहाली गर्ने छन् । मिश्रलाई भदौ ७ गते संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि नाम सिफारिस गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४