शनिबार, कात्तिक २९, २०८२

नेयमार, मेस्सी र एम्बाप्पेको गोलमा पिएसजीको जित

फ्रान्सको शीर्ष डिभिजनको फुटबल लिग वानमा पिएसजीका नेयमार जुनियर, लियोनेल मेस्सी र केलियन एम्बाप्पेले गोल गरेपछि पिएसजीले जित निकालेको हो।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं- पेरिस सेन्ट जर्मेन पिएसजीले शनिबार राति जित निकालेको छ। फ्रान्सको शीर्ष डिभिजनको फुटबल लिग वानमा पिएसजीका नेयमार जुनियर, लियोनेल मेस्सी र केलियन एम्बाप्पेले गोल गरेपछि पिएसजीले जित निकालेको हो।

National life

पिएसजीले यी तीन स्टारले यो सिजनमा नै ४३ गोल गरिसकेका छन्। पिएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा पिएसजीले ट्रोएजविरुद्ध ४–३ को जित निकालेको हो। गएरातिको जितले पिएसजीलाई शीर्षस्थानमा पाँच अंकको अग्रता दिलाएको छ। १० पटकको लिग वान विजेता पिएसजी यो वर्ष सबै प्रतियोगितामा अपराजित रहेको छ। अब आउँदो बुधबार उसले इटालियन क्लब युभेन्टसको सामना गर्दैछ।

खेलको तेस्रो मिनेटमै ट्रोएजका मामा बलडेले गोल गरेर पिएसजीलाई पछि पारेका थिए। तर नेयमारको पासमा कार्लोस सोलरले २४ औं मिनेटमै खेललाई बराबरीमा ल्याएका थिए। यता, ५२औं मिनेटमा बलडेले अर्को गोल गरेर फेरि अग्रता बनाएका थिए। त्यसको तीन मिनेटमा सर्जियो रामोसले उपलब्ध गराएको बलमा मेस्सीले गोल गरेपछि खेल पुनः बराबरीमा आएको थियो।

६२औं मिनेटमा मेस्सीको पासमा रामोसले गोल गरेपछि मात्र खेलमा पिएसजीले अग्रता बनाएको थियो। त्यसपछि ७७औं मिनेटमा पिएसजीले पेनाल्टीको अवसर पाएको थियो। पेनाल्टीमा एम्बाप्पेले गोल गरेपछि भने पिएसजीले जित निश्चित गरेको हो।

निर्धारित समयको दुई मिनेट बाँकी रहँदा पलावेर्सालो गोल गरे पनि पिएसजीलाई हराउन पर्याप्त भएन। यता, सन् २०१३ मा सान्तोषबाट बार्सिलोनामा अनुबन्ध हुँदाखेरी आर्थिक हिनामिना भएको भन्दै नेयमारमाथि मुद्दा चलिरहेको थियो। यसै हप्ता सो मुद्दा पनि खारेज भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 30, 2022| 09:55 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।