शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • राजु गुरुङको प्रश्न- वालुवाटारको सरकारी जग्गा हडप्ने विष्णु पौडेल कसरी चोखिए?

राजु गुरुङको प्रश्न- वालुवाटारको सरकारी जग्गा हडप्ने विष्णु पौडेल कसरी चोखिए?

रुपन्देही २ बाट गठबन्धनबाट उम्मेदवारी खारेज भएका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले आफूमाथि षडयन्त्र गरिएको बताए।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

बुटवल- रुपन्देही २ बाट गठबन्धनबाट उम्मेदवारी खारेज भएका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले आफूमाथि षडयन्त्र गरिएको बताए। उनले पाँच दलीय गठबन्धनबाट आफू उम्मेदवार भएपछि अत्तालिएर सेटिङमार्फत उम्मेदवारी खारेज गराएको आरोप लगाए। 

National life

उनले आफूले सर्वोच्च अदालतको फैसलालाई स्विकार गर्ने तर, वालुवाटारको सरकारी जग्गा खरिद गरेर फिर्ता गरेपछि विष्णु पौडेल चोखिन मिल्ने की नमिल्ने भनेर प्रश्न उठाएका छन्। ‘कानुनी अनविज्ञता क्षम्य हुँदैन भनिन्छ, तर वालुवाटारमा सरकारी जग्गा हडपेर मैलै थाहा पाइँन भनेर छुट पाइन्छ,’ उनले प्रश्न गरे। 

उनले सरकारी जग्गा फिर्ता गरेर चोखिन मिल्ने तर सामान्य गल्ती कमजोरी गर्दा सजाय भोग्नुपरेको परेको दुखेसो पोखे। उनले नेकपा एमाले र विष्णु पौडेलका कारण कम्पनी कालो सूचीमा रहेको वाहनामा उम्मेदवारी खारेज गराएको बताए।

उनले आफू व्यक्तिगत रूपमा कालोसूचीमा नरहेको बताउँदै अहिले पनि बैंकमा खाता सञ्चालन भइरहेको बताए। ‘कर्जा सूचना केन्द्रको कालोसूचीमा राजु गुरुङको नाम काँहि कतै देखिन्न,मेरो सिद्धार्थ बैंकमै व्यक्तिगत खाता चलिरहेको छ, अन्य बैंकमा पनि कारोबार भइरहेको छ, कालो सूचीमा रहेको कुनै सूचना छैन,’ उनले भने। उनले आफूमाथि अन्याय भएको उल्लेख गरे।

विष्णु पौडेलले एकल रूपमा आफूलाई स्थापित गर्ने गरि षडयन्त्र भएको भन्दै अब रुपन्देही २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेद्वार केशव सूर्यवंशीले पौडेलाई हराउने दाबी गरे।

Laxmi sunrise bank
kumari

उनले आफू भैरहवामा गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल बनाउन २०५५ सालमा युवाहरुको टोली लिएर तत्तकालीन प्रधानमन्त्री गिरिजा प्रसाल कोइरालाई भेटन गएको स्मरण गरे। उनले चाइनिज कम्पनीले आफ्नो कम्पनीलाई ४८ करोड दिन बाँकी रहेको बताए।

सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो भएको आरोप लगाए। गुरुङलाई बैंकिङ कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले असोज २५ गते उम्मेदवारी खारेज गरेको थियो।

निर्वाचन आयोगका खारेजी विरुद्ध गुरुङ सर्वोच्च अदालत पुगे पनि शुरुमा उम्मेद्वारी कायम राख्न गरेको अन्तरिम अल्पकालिन आदेशलाई निरन्तरता नदिने फैसला गरेपछि गठबन्धनले जनमुक्ति पार्टीको उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेको हो।

प्रकाशित: Oct 30, 2022| 08:25 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।