शनिबार, कात्तिक २९, २०८२

इंग्लिस प्रिमियर लिग : सिटीको जित, लिभरपुल र चेल्सी पराजित

लेस्टर सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लेस्टरलाई १–० ले हराएको हो।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार रातिको खेलमा म्यानचेस्टर सिटीले जित निकालेको छ भने लिभरपुल र चेल्सीले हार बेहारेका छन्।

National life

लेस्टर सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लेस्टरलाई १–० ले हराएको हो। म्यानचेस्टरका लागि मिडफिल्डर केभिन डिब्रुएनाले गोल गरेका थिए। खेलको पहिलो हाफ गोलरहित बराबरी भएपछि ४९औं मिनेटमा डिब्रुएनाले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए। सोहि अग्रता जोगाउँदै म्यानचेस्टर सिटीले जित निकाल्यो।

प्रिमियर लिगअन्तर्गत लिभरपुलको मैदान एनफिल्डमा भएको खेलमा भने घरेलु टिमलाई नै लिड्स युनाइटेडले २–१ ले हराएको छ। खेलको चौथो मिनेटमै रोड्रिगो मोरेनोले गोल गरेर अग्रता बनाए पनि लिभरपुलका मोहम्मद सलाहले १४औं मिनेटमा बराबरी गरेका थिए।

तर खेलको ८९औं मिनेटमा समरविलीले गोल गरेर लिभरपलले घरेलु मैदानमै हार चखाएको हुो। 

यता गएराति नै चेल्सीले ब्राइटोनसँग लज्जास्पद हार बेहारेको छ। चेल्सीका रुविन लोफ्टस चिक र त्रिभो चलोबहले खेलको १४औं र ४२औं मिनेटमा आफ्नै पोस्टमा गोल गरेका थिए। त्यसअघि नै ब्राइटोनका लियन्द्रो ट्रोरार्डले (पाँचौ मिनेटमा) गोल गरेर अग्रता बनाएका थिए।

Laxmi sunrise bank
kumari

पहिलो हाफमै चेल्सीले दुई आत्मघाति गोल गरेपछि ब्राइटोनले ३–० अग्रता बनाइसकेको थियो। दोस्रो हाफको ४८औं मिनेटमा केई हवार्टजले गोल गरे पनि चेल्सीलाई कमब्याक गराउन सकेनन्। बरु ग्रुबले इन्ज्युरी समयमा गोल गरेर जितलाई ४–१ मा पुर्याएका थिए।

यो जितसँगै १८ अंक बनाएको ब्राइटोन आठौं स्थानमा उक्लिएको छ भने पराजित चेल्सी पाँचौ स्थानमा छ। गएराति पनि हार बेहोरेसँगै चेल्सीको हार संख्या तीन पुगेको छ।

यता लिभरपुलेको हार संख्या भने चार पुगेको छ। १६ खेलमध्ये लिभरपुलले समान चार जित र चार बराबरी गरेको छ। त्यसैले उसको अंक १६ छ। शनिबार जित निकालेपछि म्यानचेस्टर सिटी भने तालिकाको शीर्षस्थानमा उक्लिएको छ। एक खेलमा हार बेहोरेको सिटी नवौं जितसँगै २९ अंक बनाएर शीर्षस्थानमा उक्लिएको हो। एक खेल कम खेलेको आर्सनले २८ अंकसाथ दोस्रो स्थानमा छ।

प्रकाशित: Oct 30, 2022| 08:15 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।