शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै भारत बन्द

पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै भारत बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नयाँ दिल्ली- पेट्रोलियम पदार्थको लगातार मूल्य वृद्धि गरेको भन्दै भारतीय प्रमुख प्रतिपक्षी कांग्रेस आर्इले भारत बन्दको आह्वान गरेको छ। 

बन्दको प्रभाव बिहार, राजस्थान, महाराष्ट्र, मध्यप्रदेश, छत्तिसगढ, ओडिशा, आन्ध्रप्रदेश, तेलंगाना र कर्नाटकमा देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बन्दका कारण पूर्वी तटवर्ति रेल्वे जोनले १२ वटा रेल बन्द गर्‍यो। 

मुम्बईमा प्रहरीलाई हातपात गरेको आरोपमा कांग्रेस नेता सञ्जय निरुपमलाई पक्राउ गरिएको छ।

कांग्रेस आईका अध्यक्ष राहुल गान्धी वरिष्ठ नेताहरुका साथमा दिल्लीमा विरोध प्रदर्शन गरिरहेका छन्। यसभन्दा अगाडि उनले राजघाटमा महात्मा गान्धीलाई श्रद्धान्जली दिएपछि र्‍याली निकालेका थिए। राहुलका साथ प्रदर्शनमा उनकी आमा सोनिया गान्धी, पूर्वप्रधानमन्त्री मनमोहन सिंह, एनसीपी प्रमुख शरद पवारलगायत छन्।

बिहारमा जनअधिकार पार्टीका कार्यकर्ताहरुले ट्रेन तथा सडकमा चलिरहेका सवारी साधनमा तोडफोड गरेका थिए। कांग्रेसका अनुसार सरकारको नीतिविरुद्धमा आह्वान गरिएको बन्दमा देशभरका २० विपक्षी पार्टी र कैयौं व्यापारिक संगठनले समर्थन गरिरहेका छन्। यता आम आद्मी पार्टी (आप) ले भने बन्दलाई समर्थन गरेको छैन।

आइतबार दिल्लीमा पेट्रोलको मूल्य अहिलेसम्मकै उच्च ८०.५०, डिजेल ७२.६१ भारतीय रुपैयाँ प्रतिलिटर पुगेको थियो। यसैगरी मुम्बईमा पेट्रोलको ८७.८० र डिजेलको ७७.०९ पुगेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।