शुक्रबार, साउन १, २०८३

बुहारी बलात्कार गर्ने प्रधानाध्यापक पक्राउ  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- बुहारीलाई बलात्कार गरेको आरोपमा दार्चुलाको अपि हिमाल गाउँपालिका वडा नम्बर ४ का एक प्रधानाध्यापक पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार सोही गाउँको तामाखानी भगवती निम्न माध्यामिक विद्यालयका प्रधानाध्यापक दानसिंह धामिलाई पक्राउ गरेको हो । 

धामीले बुहारी लाई २०७१ सालमा दार्चुलाको गोकुलेश्वरको एक होटल र गत अषाढमा पुनः अत्तरीया स्थीत आफ्नै घरमा जर्वजस्ती बलात्कार गरेको किटानी जाहेरीको आधारमा पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पीडित महिला एकल महिला समेत हुन । विहे गरेको १ बर्षमा श्रीमानको मृत्यु भएपछि ति महिला परिवारको सहारामा बस्दै आएकी थिईन् । पीडित महिलाले ससुराले पटक पटक बलात्कार गर्ने गरेको कसैलाई भने छोरा सहित मार्ने धम्की दिने गरेको बताईन ।

पीडीतका अनुसार प्रधानाध्यापक धामीले बुहारी लाई घरमा कोही नभएको बेला औषधि समेत खुवाएर बलात्कार गर्ने गरका थिए । महिलाले ससुराले आफुलाई बलात्कार गरेकोबारे सुनाउँदा परिवारले घरबाट निकाला समेत गरेको बताईन ।

आरोपित शिक्षक धामी लाई जिल्ला प्रहरी कार्यालय कैलालीले ७ दिने म्याथ थप गरेर अनुसन्धान गरीरहेको बताएको छ । पीडित महिला, महिला पुनस्थापना केन्द्र धनगढीको सेफ हाउसमा छन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।