शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिमस्टेक सैन्य अभ्यास सुरु, नेपाल र थाइल्याण्ड गएनन्

बिमस्टेक सैन्य अभ्यास सुरु, नेपाल र थाइल्याण्ड गएनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडाैं-  भारत पुणेमा बिमस्टेक राष्ट्रहरुबीचको सैन्य अभ्यास सुरु भएको छ । 

सोमबार र मंगलबार हुने सैन्य अभ्यासमा भारत, बंगलादेश, श्रीलंका, म्यानमार र भुटान सहभागी छन् भने नेपाल र थाइल्याण्डले भाग लिएनन् । यद्यपी नेपाल पर्यवेक्षक राष्ट्रको रुपमा भने सहभागि भएको छ ।

गत भदौँ १४ र १५ गते काठमाडौंमा भएको बिमस्टेक शिखर सम्मेलनमा सैन्य अभ्यासको प्रस्ताव भारतले गरेको थियो । सोहि प्रस्ताव बमोजिम सोमबारबाट भारतमा सैन्य अभ्यास सुरु गरिएको हो । भारतले आफ्नो शक्ति देखाउन सैन्य अभ्यासको प्रस्ताव गरेको भन्दै नेपालले त्यसमा भाग लिन नहुने आवाज जोडदार रुपमा उठेको थियो । 

सैन्य अभ्यासको चर्को विरोध भएपछि नेपाल सरकारले अन्तिम समयमा आएर सैन्य अभ्यासमा भाग नलिने निर्णय गरेको हो । यसअघि सो सैन्य अभ्यासमा नेपाली सेनाका ३० जनाको टोली सहभागी हुने तय भए पनि शनिबार सरकारले सैन्य अभ्यासमा नजाने निर्णय गरेको हो । 

सैन्य अभ्यासमा थाइल्याण्डले पनि सहभागिता नजनाए पछि भारतलाई ठूलो झट्का लागेको छ । भारतीय प्रस्तावमा सुरु भएको सैन्य अभ्यासमाथि नै प्रश्न चिन्ह समेत खडा भएको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।