शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्यायालयको बागडोर मिश्रको काँधमा, संसदीय समितिबाट सर्बसम्मत 

न्यायालयको बागडोर मिश्रको काँधमा, संसदीय समितिबाट सर्बसम्मत 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ- प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सर्बसम्मतले अनुमोदन भएको छ ।  सोमबार बसेको संसदीय सुनुवाई बिशेष समितिको बैठकले उनलाई  प्रधान्यायाधीशमा  सर्बसम्मत  नियुक्तिका लागि शिफारिस गर्ने निर्णय गरेको हो । 

यस भन्दाअघि  प्रधानन्यायाधीशका लागि सबैधानिक परिषदबाट शिफारिस गरिएका दीपकराज जोशी समितिबाट अस्वीकृत भएका थिए । उनी अस्वीकृत भएपछि मिश्रले सर्बोच्च अदालतका कामु प्रधान्याधीशका रुपमा काम गर्दै आएका थिए। 

संसदीय समितिमा उनीविरुद्ध तीनवटा उजुरी परेका थिए । ती उजुरीका सम्बन्धमा संमितिले सोमबारै  मिश्रलाई बैठकका बोलाएर  जानकारी लिईएको थियो । 
मिश्रले समितिको बैठकमा बोल्दै आफु भ्रष्टाचार विरुद्ध लड्ने घोषणा गरेका थिए । 

उनले सबै क्षेत्रमा न्यायाको पहुच पुर्याउने प्रतिवद्धता प्रकट गरेका थिए। प्रधान्यायाधीश मिश्रले अव राष्ट्रपतिबाट शपथ लिएपछि पदबाहाली गर्ने छन् । मिश्रलाई भदौ ७ गते संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि नाम सिफारिस गरेको थियो । 

को हुन् मिश्र ? 

२०३८ सालमा कानुन समूहमा शाखा अधिकृतका रुपमा सरकारी सेवा प्रवेश गरेका  मिश्र २०४२ वैशाखमा जिल्ला अदालतको अत्तिरिक्त न्यायाधीशमा नियुक्त भएका थिए । त्यसको पाँच वर्षपछि उनी जिल्ला अदालतमा स्थायी न्यायाधीश बनेका थिए । उनी २०६२ फागुनमा तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशमा नियुक्त भएका थिए । 

मिश्र ०७१ जेठ १३ मा सर्वोच्चमा स्थायी न्यायाधीश नियुक्त भएका हुन् । प्रधानन्यायाधीश तथा सर्वोच्चका न्यायाधीश सेवा रहन पाउने अधिकतम् उमेर हदका कारण उनको आउँदो पुस १८ गतेसम्म पदभार रहनेछ । 

उनले भारतको दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नात्तकोत्तर गरेका छन् । यस्तै, त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक उत्तीर्ण गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।